• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाँदर समाएर निकुञ्ज पु-याइने

बाँदर समाएर निकुञ्ज पु-याइने

किसानलाई खुशीकोे खबर


समायोजन खबर
  • मंगलबार, माघ २२ २०७५

  • बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका पदाधिकारीहरु बाँदर नियन्त्रणका लागि छलफल गर्दै । तस्विर चिसाङ शेर्पा

    समायोजन खबर खोटाङ,
    किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पु-याउने तयारी गरिएको छ । खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरलाई भारतीय पेसेवार शिकारीमार्फत समातेर राष्ट्रिय निकुञ्ज पु-याएर छाड्ने तयारी थालिएको हो ।

     

    जिल्लाका बिभिन्न ठाउँका जंगलमा भएका बाँदरलाई खोर र जाल थापेर समात्नका लागि भारत खुसीनगर उत्तरप्रदेशका मुखतार शिकारी सहित दुई जना दिक्तेल आइपुगेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।

    बाँदर आतंक नियन्त्रण गर्नका लागि नियन्त्रण तथा व्यवस्थापन समितिलाई दिक्तेल रुपाकोट मझुवागढीले ५ लाख बजेट उपलव्ध गराएको छ । आगामी जेठ मसान्तभित्रमा प्रतिवटा दुई हजारका दरले २५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीचमा सम्झौता भएको छ । सुरुमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिने ‘बाँदर समाउ अभियान’ जिल्लाका १० वटै स्थानीय तहमा पु-याइने घिमिरेले वताए ।

    बाँदरका कारण लाखौं रोपनी जग्गा बाझैं

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुष्प बहादुर कट्वालको दुईवर्ष यता नौ रोपनी खेतीयोग्य जमिन बाझोमा परिणत भएको छ । यस्तै, दिक्तेल कुडारडाँडाका टंकप्रसाद आचार्यको बारी र खेतगरी पन्ध्र रोपनी जग्गाबको पनि हालत उस्तै छ । यसैगरी दिक्तेल १ का दुर्गा खड्काको १५० रोपनी खेतीयोग्य जमिनमा अहिले उतिस मात्रै छ । त्यो पनि कुनै सिधा र हलक्कै बढेको भने हैन न त रहरले नै रोपिएको उतिस हो । बाँदरका कारण जमिन बाझो छोडेपछि पलाएको विरुवाहरु आधा भाँचिएर लडिरहेका छन् त, कती अहिले पनि उतिसको नाम मात्रैको छ । काम दिने छैन । बाँदरका कारण जग्गा जमिन माया मार्ने यि त प्रतिनिधि पात्रहरु हुन् ।

     

    बाँदरका कारण खेतीयोग्य जमिन माया मार्नेहरुको दुख र कष्ट लेखेर साध्य छैन । जमिन माया मार्नेको अलवा खोटाङमा बाँदरकै कारण बसाईसराई जाने अवस्था समेत आईपरेको छ । दिक्तेल १ का उद्धव प्रसाद आचार्य र दिक्तेल २ का रत्न प्रसाद आचार्य बाँदरकै कारण बसाईसराई जानुपर्ने अवस्था रहेको बताउछन् । उनीहरु भन्छन् ‘२४ सैं घण्टा बाँदरको ड्युटी गर्न सकिन्न, ड्युटी नगरे बाली माया मार्नुपर्छ अनि के गर्ने ?’ बाँदरका कारण जग्गा बाझो भएको छ । पन्ध्र रोपनी जग्गा बाझो छोड्नु परेको पिडा सुनाउदै दिक्तेलका शिव प्रसाद आचार्य भन्छन् “बाँदर नियन्त्रणमा ध्यान नदिने सरकारले जनताको बाँझो जमिनको कर लिन पाउँछ ?” बाँदरका कारण दिक्तेल, बाम्राङ, खाल्ले, लफ्याङ, दोर्पा, नेर्पा, नुनथलाका किसानहरुले अधिकांस जग्गामा खेती गर्न छोडेका छन् । बाह्रैमास लगाईने खेतीमा बाँदरले ज्यादती देखाउन थालेपछि किसानहरु चिन्तामा परेका छन् ।

    २०७५ माघ २२ गते राती ८ : ४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology