• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेविसंघ अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेता प्रक्राउ

नेविसंघ अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेता प्रक्राउ


समायोजन खबर
  • मंगलबार, माघ २२ २०७५

  • नेविसंघ अध्यक्ष नैनसिंह महर

    समायोजन खबर काठमाण्डौ,
    सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ नेविसंघका अध्यक्ष नैनसिंह महरसहित ६ जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । आज नेबिसघंका अध्यक्षसहित ६ जना विद्यार्थी नेताहरुलाई प्रहरीले काठमाडौबाट पक्राउ गरेको हो ।

     

    नेविसंघ पोखराका कार्यकर्तालाई प्रहरी प्रशासनले झूटा मुद्दा लगाएको भन्दै प्रदर्शनमा उत्रिएका महर, उपसभापति नवीन राई लगायत ६ जनालाई प्रहरीले आज दिउँसो बानेश्वरबाट पक्राउ गरेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । गत शनिबार नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरेका थिए ।

    सरकारी गाडी जलाउन संलग्न रहेको भन्दै नेविसंघका पाँचजना पक्राउ परेका छन् । उनीहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्दा महर पक्राउ परेका हुन् । नेविसंघले मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महंगी रोक्न वर्तमान सरकार असक्षम भएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्दै आएको छ ।
    २०७५ माघ २२ गते साँझ ७ : ३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology