• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कांग्रेसले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित

कांग्रेसले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित


समायोजन खबर
  • मंगलबार, माघ २२ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    नेपाली कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगितभएको छ । थपगरिएको समय सकिन लाग्दा समेत प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति राय सुझाव लिन जिल्ला नगएको विरोधमा कांग्रेसले आज रोष्ट्रम घेराउ गरेको हो ।

     

    निर्धारित समय भन्दा ४५ मिनेट ढिला गरी सुरु भएको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संसदको कार्य अगाडि बढाउन थाले लगत्तै कांग्रेस सांसदहरु आआफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । विपक्षीदलका नेता बलदेव शर्मा पोखरेलले केही असहमति भएको बताएपछि सभामुख घर्तीले कुरा राख्न समय दिनुभयो । प्रतिनिधित्वको नाममा विशेष समितिलाई राय सुझाव लिन जिल्ला नखटाएर समितिको म्याद गुजार्ने षडयन्त्र भइरहेको भन्दै समितिका सदस्यहरुलाई काममा नखटाएसम्म कांग्रेसले संसद अवरोध गर्ने पोखरेलले बताउनुभएको थियो ।
    २०७५ माघ २२ गते साँझ ७ : १७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology