चिसाङ शेर्पा खोटाङ,
प्राविधिक शिक्षालय स्थापनाका लागि सञ्चालित पुराणको छैठौं दिन सम्ममा मनग्गे आर्थिक संकलन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा रहेको एकमात्र श्रीमावि बाँसबोटे माविले प्राविधिक शिक्षालय स्थापनागरी गाउँघरमै प्राविधिक शिक्षा दिने उद्देश्यले गत बुधबार (माघ १६) देखी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ पुराण लगाइरहेको छ ।
पुराणमा हालसम्म (छैठौं दिनसम्म) ११ लाख ६६ हजार संकलन भइसकेको श्रीमावि बाँसबोटेका विद्धालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र राईले बताए । विव्यास अध्यक्ष राईका अनुसार संस्थागत रुपमा ऐंसेलुखर्क गाउँपालिका र रावाबेंशी गाउँपालिकाले जनही ५१ हजार १ सय, खोटेहाङ गाउँपालिकाले ४१ हजार र साकेला गाउँपालिकाले ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागतसँगै व्यक्तिगत सहयोग पनि उल्लेख्य मात्रामा आइरहेको पुराण व्यवस्थापन समितिले जनाएको छ ।

नगरपालिकाभीत्रको १५ वडामध्ये ‘वडा शिक्षा समिति’ गठनगरी शैक्षिक क्यालेण्डर लागू गरेर शिक्षामा नयाँ फड्को मारिरहेको पाँच विद्धालय मध्येमा श्रीमाविले विद्धालयको प्राङगणमा सप्ताहव्यापी पुराणको आयोजना गरिरहेको पुराण बुधबार (भोली) समापन हुदैछ । अभिभावक र विधार्थीले प्राविधिक शिक्षालयको माग गरेकाले विद्धालय, वडा शिक्षा समिति, बुद्धिजीवि, सरोकारवाला, समाजसेवी लगायतको रायसल्लाह बमोजिम शिक्षामा सुधार ल्याउन पुराण लगाइए हो । पुराणबाट संकलित रकम कार्यक्रमको खर्च कटाई प्राविधिक शिक्षालयको लागि प्रयोग गरिनेछ ।
२०७५ माघ २२ गते साँझ ७ : ०६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology