समायोजन खबर खोटाङ,
प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले किसानलाई पावर ट्रिलर वितरण गरेको छ । कृषिको व्यवसायीकरणका लागि परियोजनाले १५ वटा पावर ट्रिलर प्रदान गरेको हो ।
प्रोत्साहन अनुदान अन्तरगत ९ किसान समुहलाई शतप्रतिशत अनुदानमा र व्यवसायीकरुपमा कृषि पेशा अपनाइरहेका ६ किसानलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा जमिन जोत्ने पावर ट्रिलर वितरण गरिएको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन) कार्यालयका निमित्त कृषि बिकास अधिकृत ध्रुबकुमार कार्कीले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित फुलबारी कृषक समुह, हरियाली आयआर्जन कृषक समुह, हातेमालो कृषि सहकारी संस्था, पिप्ले दिक्तेलबारी कृषक समुह, पञ्चमाबि माझटोल कृषक समुह, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित नवजागरण तरकारी कृषक समुह, नयाँ पहिचान कृषक समुह, सकृया कृषक समुह र सुर्यमुखी मकै बीउ उत्पादन कृषक समुहलाई शतप्रतिशत अनुदानमा प्रतिवटा ७० हजार मूल्या पर्ने एक/एक थान पावर ट्रिलर प्रदान गरिएको परियोजनाले जनाएको छ ।
यस्तै, किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिवटा ८० हजार मूल्य पर्ने ६ वटा पावर ट्रिलर वितरण गरिएको मकै जोन सञ्चालक समितिका संयोजक दिपेन्द्र राईले बताउनुभयो ।
२०७५ माघ २२ गते दिउँसो २ :२७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology