• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा आठौं लाटोकोसेरो उत्सव सुरु (फोटो फिचर)

खोटाङमा आठौं लाटोकोसेरो उत्सव सुरु (फोटो फिचर)


चिसाङ शेर्पा
  • शुक्रबार, माघ १८ २०७५

  • नेपालको हकमा पहिलो पटक खोटाङको जालपामा निर्माण गरिएको लाटोकोसेरोको मूर्ती । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको जालपामा आठौ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । लाटोकोसेरो तथा हुचिल संरक्षणमा हातेमालो गरौं भन्ने मूल उद्देश्यका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा दुइदिने बृहत उत्सव सुरु भएको हो ।

     

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रकृतिका साथीहरु, १ नम्बर प्रदेश सरकार तथा अन्य पालिकाहरु लगायत विभिन्न संघसंस्थासहित स्थानीय तहको करीव साँढे बाह्र लाख र प्रकृतिका साथीहरुको ९ लाख खर्चमा पहिलो दिन जालपाको अमरु मुहान, मह भिर, कुँघर (हिदु खोला)मा चरा अवलोकन तथा प्रकृतीको फोटो खिच्ने काम र नेपालको हकमा पहिलो पटक जालपामा लाटोकोसेरो मूर्ती अनावरण गरिएको मूल आयोजक समिति संयोजक तथा जालपाका वडाध्यक्ष विकास राईले बताए । लाटोकोसेरोको मूर्ती प्रतिनिधिसभाका सदस्य विशाल भट्टराईले अनावरण गरेका हुन् ।


    संयोजक राईका अनुसार पहिलो दिनमै अनुहार तथा नङमा लाटोकोसेरोको नक्सा बनाउने, लाखे नाँच, धान नाँच, साकेला, हाकपारे गीत, वन विज्ञान अध्ययन संस्थानका विधार्थीहरुको नाँच, घिर खेल, गाढे खेल, झुलो चकमक खेल, लाथ्रो काट्ने खेल, स्थानीय बाजाहरु र्मुचुङगा, पिपिरी, यलम्बर बाजा, मादल, बाँसुरीको प्रदर्शनी, लाटोकोसेरोको आवाज सुन्ने, लाटोकोसेरोको रोबर्ट प्रदर्शन, गहुँको छ्वाली, चुरा, लप्सीको दानाबाट बनाइएको लाटोकोसेरोको कलाकृति, लाटोकोसेरोको चित्रहरु, संरक्षणकर्मीहरुको प्रवचन, वन्यजन्तु अनुसन्धानकर्मीहरुको पोष्टर, संघ संस्थाको स्टल, स्थानीय स्टल, प्रकृति संरक्षण पुरस्कार वितरणको काम भएको थियो ।


    धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखापछि यसवर्ष खोटाङको जालपामा उत्सव गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए । राती र बिहान संक्रिय पंक्षी किसानको साथी लाटोकोसेरो संरक्षणमा लाग्न समेत जालपावासी सहित सम्पुर्णलाई उनले आग्रह गरे । उत्सवमा जिल्लाका विभिन्न विद्धालयका विधार्थी शिक्षक, बुद्धिजिबी, सरोेकारवाला सहित करीव तीन हजार दर्शकको उपस्थिती रहेको थियो ।


    सवै तस्विर चिसाङ शेर्पा
    २०७५ माघ १८ गते राती ९ : १६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology