समायोजन खबर खोटाङ,
खोटाङको सदरमुकाम नजिक रहेको मनमायाँ राई खानीडाँडा बिमानस्थल मर्मतको काम गुणस्तरयुक्त गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । गत जेठ १ गतेको भारी वर्षाका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा अवस्थित बिमानस्थलको ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा बिमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको बिमानस्थल मर्मतको काम गुणस्तरहिन भएको भन्दै नगरपालिकाले आज ठेकेदार कम्पनीलाई गुणस्तरयुक्त काम गर्नका लागि निर्देशन दिएको हो ।
बिमानस्थल मर्मतको काम अनुगमनमाक्रममा चरम ढिलासुस्तीका साथै आरसिसि ढलानको काममा प्रयोग गरिएका बालुवा र गिटी न्यून गुणस्तरको प्रयोग गरिएको पाइएकाले ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनलाई गुणस्तरको मापदण्ड पूरा गर्न निर्देशन दिइएको मेयर दिपनारायण रिजालले बताउनुभयो ।

नगरपालिकाले बिमानस्थल मर्मतको काममा लागत अनुमान अनुशारको गुणस्तरयुक्त निर्माण सामग्री प्रयोग गर्न निर्देशन दिएको जनाएको छ । भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको बिमानस्थल मर्मतमा चरम ढिलासुस्तीका साथै निर्माणका काममा माटो मिसिएको बालुवा र गिटी प्रयोग भइरहेको पाइएको नगरपालिकाले जनाएको छ ।
२०७५ माघ १७ गते राती ८ : १७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology