समायोजन खबर काठमाण्डौ,
७ मध्ये ४ ओटा प्रदेशले आफ्नो स्थायी राजधानी तोक्न र नामाकरण गर्नमा ढिलाई गरेका छन् । गण्डकी, कर्णाली र सुदुरपश्चिम गरि ३ प्रदेशले आफ्नो नाम र स्थायी राजधानीको टुङ्गो लगाएपनि प्रदेशसभा सुरु भएको झण्डै १ बर्ष हुन लाग्दा बाँकी रहेका प्रदेशले भने यसबारेमा निर्णय गर्न सकेका छैनन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले माघ २० गतेबाट सुरु हुने हिउदे अधिवेशनबाट यस बिषयको टुङ्गो लाग्ने बताउनुभयो ।
प्रदेश नम्बर २ को राजधानीको बारेमा लगभग सहमति जुटेको भएपनि नामको बारेमा भने विवाद कायमै रहेको छ । प्रदेश २ को लागि मिथिला, भोजपुरा, मधेस, लगाएत नामको प्रस्ताव आएको छ । नाम र राजधानीको निक्यौल गर्न गठित आयोगले सुझाव संकलन गरिरहेको भएपनि अन्तिम प्रतिवेदन नआएको र छिटै यसबारेमा निर्णय गरिने सामाजिक विकासमन्त्री नवल किशोर साहले जानकारी दिनुभयो । प्रदेश नम्बर ३ को भने राजधानी र नाम दुबैमा राजनितिक सहमति जुट्न सकेको छैन ।

सामाजिक विकासमन्त्री युवराज दुलालले फागूनको पहिलो हप्ताबाट संसदको हिउदे अधिवेशन सुरु हुने र त्यसपछि यस विषयमा छलफल हुने जानकारी दिनुभयो । प्रदेश नम्बर ५ ले यसअघि नै यो बिषय टुङ्गो लगाउने बताएको भएपनि ढिलाई भइरहेको छ । संविधानमा प्रदेशसभाको २ तिहाइबाट नाम र राजधानी टुङ्गो लगाउन सक्ने व्यवस्था छ तर समयसीमा भने तोकिएको छैन ।
२०७५ माघ १७ गते बिहान ९ : ०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology