चिसाङ शेर्पा खोटाङ,
खोटाङको त्रिधार्मिकस्थल हलेसी दर्शनका लागि प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा डा. गोविन्द बहादुर तुम्बाहाङ हलेसी आइपुगेका छन् । दर्शनका लागि उहाँका श्रीमती संगीता तुम्बाहाङ, प्रदेश प्रमुख कार्यालयका सचिव चन्द्र फुयाल लगायतका टोली बुधबार साँझ हलेसी आइपुग्नु भएकोे हो ।
खासगरी दर्शनकै कार्यक्रम लिएर आउनु भएका प्रदेश प्रमुखले बिहीबार (भोली) बिहान साढे ८ बजे हलेसी दर्शन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहाकार शेखर रेग्मीले जानकारी दिए । दर्शनपछि हलेसी तुवाचुङ नगरपालिका निरिक्षण गर्ने समेत जनाइएको छ ।

प्रदेश प्रमुखको टोलीलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख विमला राइले स्वागत गरेका छन् । गत सोमबार मात्रै भुटानी महारानी आसी दोर्जी वाङमो वाङचुक हलेसीको दर्शन तथा अवलोकनका लागि त्यहाँ आएकी थिइन् ।
२०७५ माघ १६ गते साँझ ७ : ४४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology