चिसाङ शेर्पा खोटाङ,
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा यङगिला राईको अध्यक्षतामा १९ सदस्यीय किरात राई विधार्थी संघ इकाई कार्य समिति गठन भएको छ । बुधबार गठन भएको समितिको उपाध्यक्षमा आशिष राई, सचिवमा विकला राई, सहसचिवमा चरण राई र कोषाध्यक्षमा यशोदा राई छन् ।
आगामी वर्षको बैशाख २६,२७ र २८ गते दिक्तेलमा हुने किरात राई विधार्थी संघको नवौं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल बनाउका लागि इकाई कार्य समिति गठन गरिएको हो ।

समिति गठनमा किरात राई विधार्थी संघका केन्द्रीय संगठन विभाग प्रमुख अन्जिल राई,केन्द्रिय अनुशासन विभाग प्रमुख उदिम चाम्लिङको उपस्थिती रहेको थियो । सम्मेलनलाई थप प्रभावकारी र भव्य बनाउन किरात राई विधार्थी संघले जिल्लाको मावि तथा क्याम्पसहरुमा इकाई कार्य समिति गठन गरिरहेको छ ।
यो पनि पढ्नुहोस
दुर्छिममा किरात राई विधार्थी संघ इकाई कार्य समिति गठन
२०७५ माघ १६ गते साँझ ६ : १७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology