• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भुटानी महारानी हलेसीमा

भुटानी महारानी हलेसीमा


चिसाङ शेर्पा
  • सोमबार, माघ १४ २०७५

  • परिवारका सदस्यसहित हलेसीमा पूजा गर्दै भुटानी महारानी आसी दोर्जी वाङमो वाङचुक साथमा नगरप्रमुख इवन राई । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    भुटानी महारानी आसी दोर्जी वाङमो वाङचुक सोमबार हलेसी आएकी छिन् । भुटानका राजा जिग्मे सिग्मे वाङचुककी जेठी पत्नी वाङचुक परिवारका सदस्यसहित हलेसी आएकी हुन् ।

     

    उनीसँगै राजकुमारी सोनम डेक्चन वाङचुक, सोनमका छोरा जिग्जे सिङगे वाङचुक र नग्वाङ जिग्मे जिग्तेन वाङचुक र तथा राजपरिवारका अन्य सदस्य हलेसी आएका छन् । सोमबार दिउँसो ४ बजेपछि हलेसी प्रवेश गरेकी उनले शिवजीथान, पार्वती थान, बसाहा गुफाको दर्शन गरेका छन् । भोली बिहान विशेष पूजा गरी फर्कने कार्यक्रममा छ । उनलाई हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले स्वागत गरेका थिए । गत शुक्रबार महारानी वाङचुकले कपिलवस्तुमा अवस्थित बुद्ध जन्मस्थल लुम्बिनी र शनिबार तिलौराकोट अवलोकन गरेकी थिइन् ।
    २०७५ माघ १४ गते राती ९ : ०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology