समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओलीले विका सनिर्माणका काममा कुनै समस्या देखिए तत्काल समाधान गर्ने बताउनुभएको छ । विगतमा जे भए पनि अब विकास निर्माणका काममा कुनै समस्या आउन नदिने उहाँले बताउनुभयो । आज चिनिया सरकारको सहयोगमा निर्मित कोटेश्वर–कलंकी सडक हस्तान्तरण समारोहमा उहाँले विकास निर्माणमा कुनै समस्या देखिए आफू चुप बस्न नसक्ने बताउनुभयो । कलंकी–कोटेश्वर सडक निर्माणमा विभिन्न समस्याका कारण भएको ढिलाइप्रति आफू दुखी भएको पनि प्रधानमन्त्री ओलीको भनाइ छ ।
नेपाल–चीन सम्बन्ध विश्वकै दुर्लभमध्येको एक भएको धारणा राख्दै दुई देशबीच पछिल्लो समय सम्बन्ध अझ सुमधुर हुँदै गएको प्रधानमन्त्री ओलीले धारणा राख्नुभयो । सन् २०१६ मा भएको आफ्नो भ्रमणपछि नेपाल–चीनबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाईमा पु-याएको उहाँको दावी छ । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हु यांकीले विभिन्न समस्याका कारण कलंकी–कोटेश्वर सडक निर्माणमा केही ढिलाइ भएको बताउनुभयो । राजदूत यांकीले नाकाबन्दी, इन्धन अभाव लगायतका कारण केही समस्या भएकाले ढिलाइ भएको बताउनुभयो । तर सांघाई कन्स्ट्रक्सन ग्रुप अफ कम्पनीले लगातार काम गरी निर्माण सम्पन्न गरेर आज नेपाल सरकारलाई बुझाउन पाएकोमा अत्यन्तै हर्षित भएको उहाँको भनाइ थियो ।
२०७५ माघ १४ गते साँझ ५ : ५० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology