• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

७ सय ९८ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र

७ सय ९८ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र


चिसाङ शेर्पा
  • सोमबार, माघ १४ २०७५

  • ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्दै गाउँपालिका उपाध्यक्ष समला राई । तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको रावाबेंशी गाउँपालिकामा ज्येष्ठ नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको छ । राज्यले तोकेको नीति नियम अनुसार सेवा सुविधा दिलाउनका लागि गाउँपालिकाभरीका ७ सय ९८ जना बृद्धबृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको हो । गएको बुधबारदेखी वडा वडामा गइ बाँड्न थालिएको ज्येष्ठ नागरिक परिचयत्र सोमबारसम्म तिवरण गरिएको हो । गाउँपालिकाको तीन लाख बजेटमा डुम्रे धारापानीमा १६७, दुवेकोलमा ७५, हौंचुरमा १६९, कुभिण्डेमा १२९, खार्पामा १४४ र लामडिाँडामा ११४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको गाउँपालिकाका कर्मचारी नर बहादुर श्रेष्ठले जानकारी दिए । भौगोलिक हिसाबले लामिडाँडाको तिर्पामा भने, भोली वितरण गरिनेछ ।

     

    गत माघ ९ गते डुम्रेधारापानीवाट वितरण सुरु गरिएको ज्येष्ठ नागरिक परिचयपत्र वितरणको काम मंगलबार सकिनेछ । परिचयपत्र लिन छुटेकाले भने गाउँपालिकादेखी लिन सकिने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेर औषधी उपचारमा सहुलियत, सार्वजनिक यातायातमा छुट लगायतका राज्यले तोकेको सुविधा पाउने वातावरण वनाइएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । यस्तै, गाउँपालिकाले आगामी बुधबारदेखी सोमबारसम्म ६ वडामा अपांगता परिचयपत्र वितरण गर्दैछ । माघ १६ गते लामिडाँडा, १७ गते खार्पा, १८ गते कुभिण्डे, १९ गते हौंचुर, २० गते दुवेकोल र २१ गते डुम्रेधारापानी अपांगता परिचयपत्र वितरण गर्नेछ । अपांगताको हकमा रातो परिचयपत्र पाउनेले मासिक २ हजार र निलो परिचयपत्र पाउनेले मासिक ६ सयका दरले भत्ता पाउनेछन् ।
    २०७५ माघ १४ गते साँझ ५  : २५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology