• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मिर्गौला फेल भएका झलकलाई मलेसियाबाट ५२ हजार सहयोग, कतारमा पनि संकलन

मिर्गौला फेल भएका झलकलाई मलेसियाबाट ५२ हजार सहयोग, कतारमा पनि संकलन

परिवार भन्छन् : भएभरको सम्पत्ती सकियो अब के गर्ने ?


चिसाङ शेर्पा
  • सोमबार, माघ १४ २०७५

  • मिर्गौलाका बिरामी झलक मान तामाङ । तस्विर सुबास तामाङबाट

    चिसाङ शेर्पा खोटाङ,
    दुबै मिर्गौला फेल (ड्यामेज) भएका झलकमान तामाङलाई आर्थिक सहयोग जुट्न थालेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका झलकको परिवारले सहयोगको अपिल गरेपछि मलेसियाबाट पहिलो पटक सहयोग जुटेको हो । मिर्गौला फेल भएपछि डायलायसिस गर्दै जीवन मरणको दोसाधमा रहेका ३३ वर्षीय तामाङको उपचारार्थ रोजागरीको सिलसिलामा मलेसियामा रहेका खार्मी साब्रुका रन्जित गुरुङको पहलमा विभिन्न जिल्लाका ३५ जनाभन्दा बढीबाट ५२ हजार ४४३ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको बिरामीका आफन्त सुबास तामाङले बताए । प्राप्त सहयोग रकम गत (माघ १२) शनिबार विरामीका श्रीमतीको हात परिसकेको छ ।

     

    दुबै मिर्गौला फेल भइ गत पुस महिनादेखी राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाण्डौमा हप्तामा दुइ पटक डायलायसिस गराइरहेका उनका परिवालाई जटिल आर्थिक समस्या परेपछि परिवार र आफन्तले विभिन्न माध्यमबाट सवैसँग सहयोगको याचना गरिरहेको छ । फेल भएको मिर्गौला दुइ पटक डायलायसिस गर्दा ६ हजार खर्च हुने गरेको छ । डायलायसिसमा बसेका बिरामीले बिशेष औषधी (इपिओ), अस्पताल आवतजावत, अन्य औषधीमा धेरै खर्च लाग्ने र आर्थिक हिसावले परिवारिक अवस्था कमजोर भएकाले ‘झलकमान’ बचाउनका निम्ति सहयोगको अपिल गरिएको हो । कमाइ गर्ने मान्छे नै थला परेपछि श्रीमतीसहित छोराछोरीको विचल्नी हुने अवस्था छ । श्रीमतीको समेत टाउकोमा नशा सम्बन्धि समस्या छ । श्रीमतीले पनि नियमित औषधी सेवन गरिरहनु भएको झलकका बहिनी प्रतिमा तामाङले बताइन् । श्रीमतीसहित छोराछोरी पढाउनका काठमाण्डौ जानु भएको दाइमा मिर्गौलाको समस्या आयो । अहिले छोराछोरीको न पढाइ छ बरु परिवारमा विजोग छ । डायलायसिसका लागि काठमाण्डौका विभिन्न अस्पताल चार्हानुपर्ने पिडा छ । एकातिर भएभरको सम्पत्ती सकिसक्यो । अव के गर्ने । उनले सुनाइन् ।

     

    बालबच्चालाई कुनै बोर्डिङ अनि श्रीमतीलाई सुखसयलमा राखेर आफ्नो सहित छोराछोरीको भविष्य उज्ज्वल बनाउने समयमा विभिन्न अस्पताल चार्हादै मर्दै बाच्दै गरेका झलकमानलाई विभिन्न माध्यमबाट सहयोग गर्न सकिने पारिवारीक स्रोतले जनाएको छ । झलकलाई सहयोग गर्नेले ९८०८४६०६१७/९८६०२०९८०९ मा सम्पर्क गरेर तथा प्रभु बैंकमा रहेको खाता नम्बर ०४२०१००११८९८६१०००००१ मा सिधा रुपमा आर्थिक सहयोग गर्न सकिनेछ । झलकको लागि कतारमा पनि सहयोग रकम संकलन हुन थालेको आफन्तले बताएका छन् । मानव सेवा नै धर्म हो भन्दै झलकमान बचाउ महाअभियानमा सबैलाई सामेल हुन परिवारको अनुरोध छ ।

     

    मिर्गौलाका बिरामीले दुइ तरिकाबाट नयाँ जिबन जिउन पाउने केन्द्रका मिर्गौला रोग बिशेषज्ञले बताएका छन् । रोगी तामाङले (सिएपिडि) माध्यमबाट घरमा नै बसेर डायलासिस गराउन सक्छन् जुन गर्दा महिनाको तीस हजार देखी पैतिस हजार लाग्नेछ । र, नेपालमै मिर्गौला प्रत्यारोपण गरेमा ५ लाख र भारतका ठूला अस्पतालमा प्रत्यारोपण गर्नुपरेमा नेपालमा भन्दा बढी लाग्ने केन्द्रले जनाएको छ । मिर्गौला रोगी तामाङको डायलासिस तथा प्रत्यारोपण गर्न सहयोग पु-याइ जीबन जोगाउने अभियानमा सवै पक्षको सहयोगको अपेक्षा गरिएको परिवारले जनाएको छ । मिर्गौलाका बिरामी तामाङको एक छोरा, एक छोरी र श्रीमती छन् ।
    २०७५ माघ १४ गते दिउँसो ३ : ०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology