चिसाङ शेर्पा खोटाङ,
खोटाङको रावाबेंशी गाउँपालिका आफ्नै भवनबाट कामकाज गर्नेमा दोश्रो बन्ने भएको छ । निर्माणाधिन गाउँपालिका भवनको काम अन्तिम चरणमा पुगेपछि रावाबेंशी दोश्रो बन्ने भएको हो । दुइ नगरपालिका आठ गाउँपालिकामध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मात्रै आफ्नो भवनबाट कामकाज गरिरहेको छ ।
कुभिण्डेस्थित हरमटारमा स्थानीयले उपलब्ध गराएको निःशुल्क १४ रोपनी जग्गामा रावाबेंशीको भवन शुभ एण्ड ध्रुब कन्ट्रक्सनले २०७५ असोज १५ गतेबाट निर्माण गरिरहेको छ । गाउँपालिकाको ७६ लाख बजेटमा निर्माणाधिन भवनको हालसम्म भवन, फल सेलिङ, ट्रस, पाटेसनको काम सकिएको कन्ट्रक्सनका प्रोपाइटर उमेशचन्द्र राईले जानकारी दिए । ढोका, शौचालय, वाथरुम, प्लाष्टर, पनिङ र रंगरोगनको काम बाँकी छ । सडक र विजुली बत्तीमा समस्या नआएमा उक्त काम हप्तादिन सक्ने राइले बताए । शौचालय, वाथरुमसहित गाउँपालिकाको भवनमा १६ वटा कोठा रहेको छ । हालमा गाउँपालिकाले तीनवटा घर भाडामा लिएर दैनिक कामकाज गरिरहेको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । पालिकाको भवनमा सरेपछि सेवाग्राहीलाई सेवा प्रवाह गर्न सहज हुने अध्यक्ष निरौलाले बताए । गाउँपालिका र निर्माण कम्पनीविचमा बेमौसममा सम्झौता भई म्याद गुज्रंदा भवन निर्माणको काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

निर्माणाधिन गाउँपालिको भवन । तस्विर चिसाङ शेर्पा
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐंसेलुखर्क गाउँपालिका अझै पनि भाडाकै घरमा छ । गाविस भवन मर्मतसंभार गरेर नगर कार्यापालिकाको कामकाज गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाले बढीमा बीस दिनमा आफ्नै भवनमा सर्नेगरी काम गरीरहेको नगरप्रमुख इवन राईले बताए । भाडामा बसिरहेको केपीलासगढी गाउँपालिकाले भवनका निम्ति ९० लाख बजेट छुट्याएको छ । भाडामै वसिरहेको वराहपोखरी गाउँपालिकाले भवन निर्माणका लागि आइतबार (माघ १३ गते) निर्माण कम्पनीसँग सम्झौता गरेकोे गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । गाउँपालिकालाइ हस्तान्तरण भएको कृषि सेवा केन्द्रमा कामकाज गरिरहेको साकेला गाउँपालिकाले भवन निर्माणका लागि तयारी गरिरहेको छ । स्थानीय निकायलाई प्राप्त भवनमा वसिरहेको खोटेहाङ गाउँपालिकाले ९२ लाख भवन निर्माणका लागि बजेट छ्टयाएको छ । भवन निर्माणका लागि फाइनल स्टीमेट भइसकेको र उपभोक्ता समिति बनाउने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।जन्तेढुंगा गाउँपालिकासँग भने बारम्बार सम्पर्क गर्दा सम्पर्क हुन सकेन/उठेन ।
२०७५ माघ १४ गते बिहान ७ : ३३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology