चिसाङ शेर्पा खोटाङ,
खानेपानीको चरम समस्या रहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खानेपानीको पहुंच पु-याउन महादेवबेंशीदेखी काभ्रेडाँडा ट्रान्समिशन लाइनको समपोइल सिलन्यास गरिएको छ । सरकारले सुख्खा क्षेत्र घोषणा गरेपछि जमिन तथा कोशीको पानी लिफ्टिङ गरेर प्रत्येकको घरघरमा पु-याउनका लागि ट्रान्समिशन लाइनको सिलन्यास गरिएको हो ।
राष्ट्रिय योजना अन्तरगत १ अरव ३३ लाखमा विभिन्न प्याकेजमा भइरहेको काममध्ये उक्त ट्रान्समिशन लाइनको समपोइल शनिबार नगरप्रमुख इवन राईले शिलन्यास गरेका छन् । सिलन्यास गरिएको समपोइल (इनार)को काम पुरा भएपछि त्यहाँ जमिन तथा कोशीको पानी जम्मा गरिने र ट्रिटमेण्ट प्लाण्टमा पानीलाई प्रशोधन गरी त्यसपछि लिफ्टिङ हुंदै पानी कदुवाको लुलिमाबेशीदेखी भुम्जुडाँडामा आइपुग्नेछ । नगरपालिकाको ११ वडामा खानेपानी पु-याउन महादेव दिवा खिम्ती जोइन्ट भेन्चरले पहिलो प्याकेजको काम गरिरहेको छ । पहिलो प्याकेजको ६ स्थानमा मोटर हाउसका लागि विधुत विस्तार, पम्प स्टेसनमा पुग्ने सडक बनिसकेको छ ।
यस्तै पहिलो प्याकेजकै कदुवाको लुलिमाबेंशीदेखी भुम्जुडाँडासम्मको ट्रान्समिशन लाइनको काम पनि भइरहको छ । दोश्रो प्याकेज अन्तरगत शाखा लाइन (घरघरमा पानि पु-याउने काम) दुइ निर्माण कम्पनीले गरिरहेको छ । दोश्रो प्याकेज(लाइन) विस्तारको काम लामा कन्ट्रक्सन र सगरमाथा रमण जेभीले गरिरहेको छ । नगरपालिकाको १, २, ३, ४ वडामा पानी लाने काम लामा कन्ट्रक्सनले गरिरहेको छ । बाँकी ५,६ र ७ वडामा सगरमाथा रमण जेभीको जिम्मामा छ । अन्य ८, ९, १० र ११ लाई पनि त्यहीभित्र समेट्ने प्रयत्न भइरहेको छ । लामा कन्ट्रक्सनको तीव्र गतीमा काम अघि वढिरहेको छ । सगरमाथा रमण जेभी भने काममा सुस्त देखिएको छ । ट्रान्समिशन लाइनको करीव वर्ष दिन र शाखा लाइनको १८ महिना बढी सम्झौता म्याद छ ।

समपोइल सिलन्यास गर्दै नगरप्रमुख इवन राई, उप्रमुख विमला राई । तस्विर समायोजन खबर
खानेपानी लिफ्टिङको काम पूरा भएपछि नगरबासी महिलाहरुको दैनिकी पानी भर्नमै खर्चिएकोे समय बचत हुने र त्यो समय विभिन्न सिर्जनशील काममा प्रयोग हुनेमा विश्वस्त रहेको नगर उपप्रखुम विमला राईले बताईन् । निक्कै महत्वोकांक्षी आयोजनाको रुपमा हेरिएको हलेसी तुवाचुङ नगरपालिकाको एकमात्र विकल्पको रुपमा खानेपानी रहेको बृहत सुख्खा क्षेत्र दुधकोसी लिफ्टिङ आयोजनाको निर्माण कार्यले गती लिएको र छिट्टै खानेपानीको चरम समस्याबाट नगरबासीले मुक्ती पाउने कुरामा विश्वस्त रहेको नगरप्रमुख राईले बताए ।
२०७५ माघ १३ खोटाङ दिउँसो २ : ०४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology