समायोजन खबर काठमाण्डौ,
चिकित्सा शिक्षा विधेयकमा पारित भएपनि सरकारले सहमति अनुसार कार्यान्वयन नगरेको भन्दै डाक्टर गोविन्द केसीको १६ आँै अनसन जारी छ । केसीको स्वास्थ्यअवस्था कम्जोर बन्दै गएको चिकित्सकहरूले बताएका छन् । संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पारित गराउदा विगतको सहमतिका सबै बुँदा र भाव नपरेको भन्दै डाक्टर केसीले अनशन जारी राख्नुभएको हो ।
कांगेस नेता गगनकुमार थापाले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सहमतिलाई पूर्ण रूपमा कार्यान्वयन नगरेकोमा अपत्ति जनाउनु भएको छ । सरकारले आफूलाई फाइदा हुने मात्र काम गरेको र अन्य मागहरू सम्वोधन गर्न ध्यान नदिएको नेता थापाले बताउनुभयो । नेकपाका नेता तथा पूर्व स्वाथ्यमन्त्री खगराज अधिकारीले भने डाक्टर केसीको सबै माग सरकारले पूरा गरिसकेकाले वर्तमान सरकारलाई कमजोर बनाउन र एकतालाई तोड्न फेरि पनि डाक्टर केसी अनसन बसेको टिप्पणी गर्नुभयो । आसयपत्र लिएका प्रस्तावित मेडिकल कलेजले उपत्यका बाहिर भइरहेका विश्वविद्यालयबाट सम्बन्धन पाउनसक्ने गरी पारित भएको चिकित्सा शिक्षा विधेयकमा माथेमा कार्यदलको प्रतिवेदन समावेश गर्ने बारेमा कुनै उल्लेख छैन ।
सीटीईभिटी अन्तर्गतका प्रविणता प्रमाणपत्र तह मुनिका कार्यक्रम ५ वर्षमा हटाउने भनिए पनि अहिले जारी गर्न लागिएको विधेयकमा हटाउने वा स्तरोन्नतति गर्ने उल्लेख छ । बितेको ७ वर्षमा अनशनरत डाक्टर केसी र सरकारबीच ४० बुँदे सहमति भएका छन् । यसविषयमा डाक्टर केसीका समर्थक र सरकारबीच वादविवाद चलिरहेको छ । कार्यान्वयनको चरणमा विगतका सहमतिको भाव र बुँदा परे, नपरेको विषयमा दुई पक्षबीच वाद विवाद चलिरहँदा अनशरनरत डाक्टर गोबिन्द केसीको स्वास्थ्य अबस्था झन् जटिल बन्दै गएको छ ।
२०७५ माघ ६ गते बिहान ८ : ५२मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology