• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चारैतिरबाट गाडी सञ्चालन भएपछि स्थानीयलाई सुविधा

चारैतिरबाट गाडी सञ्चालन भएपछि स्थानीयलाई सुविधा


चिसाङ शेर्पा
  • शुक्रबार, माघ ४ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    चारैतिरबाट गाडी सञ्चालन भएपछि पालिकाबासीलाई आवतजावत गर्न सहज भएको छ । सदरमुकाम दिक्तेल नजिक रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयबासीलाई यातायातमा सहज भएको हो । गाउँपालिकाले सडकको पहुंच पु-र्याएपछि दिप्रुङसहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाई समेत सहज भएको छ ।

     

    सात वडा रहेको गाउँपालिकामा स्थानीय सरकार आएपछि सडकको सञ्जाल फराकिलो भएसँगै साना तथा ठूला गाडी कुद्न थालेको हो । कच्ची सडक भएपनि हिउँदमा ६ महिना गाडी चल्दा त्यस भेगका बालकदेखी बृद्धबृद्धालाइ यात्रामा सहजता छाएको छ । टेम्मा र साकेला गाउँपालिकाको मात्तिम सिमानामा पर्ने तावाखोलामा अस्थाइ सडक बनेपछि अहिले दिप्रुङका नागरिकलाई यातायातमा सहज भएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।


    गाउँपालिकामा जताततैबाट सडकको पहुंच पुगेपछि विकासले समेत फड्को मार्ने अनुमान गरिएको छ । सदरमुकाम दिक्तेल र तराइसँग छोटो दुरीमा सडक बनेपछि दुइ तिन दिन लगाएर तराइ तथा अन्य स्थानमा यात्रा गर्नेलाई अहिले त्यो कष्टकर यात्रा दिनमा झरेको छ । विकासको पहिलो खुडकिलो सडकलाई प्राथमिकता दिंदै गाउँपालिकाले दिक्तेल–खानीडाँडा याम्खा पञ्चमीबजार, दिक्तेल मात्तिम–टेम्मा पञ्चमीबजार, पञ्चमीबजार–वातुखुम, पञ्चमीबजार– लिच्किराम्चेको रसुवाबजार र पञ्चमीबजार–बतासेको रेग्मीटार सडकलाई निर्माण गरेर सञ्चलानमा ल्याएपछि यातायातमा सुविधा भएको हो ।

     

    गाउँपालिकाले खोलेको सबैभन्दा छोटो दुरीको सडक दिक्तेल खानीडाँडा याम्खा सडक खण्डमा पक्की पुल निर्माण हुदैछ । जसको लागि टेण्डर आव्हानको काम तीव्र गतीमा भइरहेको छ । पक्की पुल बनेसँगै गाउँपालिकाले उक्त सडकलाइ बाह्रै महिना सञ्चालनमा ल्याउने योजना बनाएको छ । यसैविच, आठ गाउँपालिकामध्ये विकासमा सवैभन्दा अगाडी रहेको गाउँपालिकाले मंसिर २२ गतेदेखी ६५ वर्ष माथीका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई यातायातमा निःशुल्क सुविधा दिने उद्देश्यले वितरण गरेको निःशुल्क यातायात परिचयपत्र हालसम्म ७ सयवढी ज्येष्ठ नागरिकले लिइसकेका छन् । यातायातको परिचयपत्र लिएका बृद्धबृद्धाले गाडी चढे वापत पैसा तिर्नुपर्दैन । परिचयपत्र भएका बृद्धबृद्धा गाडीमा चढेपछि यातायात व्यावसायीले टिकट दिने र त्यस टिकटको अर्धकट्टी गाउँपालिकालाई बुझाउने र यातायात व्यावसायीले गाउँपालिकाबाट भुक्तानी लिने गरिरहेको छ ।
    यो पनि पढ्नुहोस

    साप्सु खोलामा पक्की पुल निर्माण हुने

    २०७५ माघ ४ गते बिहान ८ : १३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology