• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कतै धमाधम बोट मर्दै, कतै लटरम्म सुन्तला

कतै धमाधम बोट मर्दै, कतै लटरम्म सुन्तला

मुखै रसाउने सुन्तला


चिसाङ शेर्पा
  • बिहिबार, माघ ३ २०७५

  • याम्खामा एकापटि सुक्दै र अर्कोपटि फल्दै गरेको सुन्तला। तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको रावाबेंशी गाउँपालिका–३ लामिडाँडामा बोट सुक्ने समस्याले लगभग सुन्तला नै मासियो । जिल्लाको हकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने क्षेत्र लामिडाँडा, खार्पा, कुभिण्डेमा सुन्तला खेती लोप भएकोे त्यहाँका किसानहरु बताउँछन् । लामिडाँडाका सुन्तला खेती गर्दै आएका डम्बर बहादुर श्रेष्ठको सुन्तला खेती गर्ने जोशजाँगर अहिले हराएको छ । २०५२ सालमा नमूना बगैचा निर्माण गरी डेढ सय बोट रोपेको सुन्तला अहिले लभगभ बगैचा नै खाली छ । सुन्तलाको जरा कुहिने, हाँगा सुक्दै जाने, पात पहेँलो हुने र अन्ततः बोट नै सुक्ने समस्याले सुन्तलाको बगैचा रित्तिएको उहाँको भनाई छ । सुन्तला खेतीले प्रख्यात लामिडाँडा अहिले सुन्तला विहिन बनिरहेको छ ।

     

    लामिडाँडाको सुन्तलामा आएको समस्या तीन वर्ष भयो । फल लाग्ने सुन्तलाका बोटहरु धमाधम सुक्न थालेपछि स्थानीयले सुन्तलाको बोटलाई ढालेर दाउराका लागि प्रयोग गर्दै आएका छन् । मंसिरको अन्तिम सातादेखी पहेँलैगरी सुन्तला पाउने लामिडाँडामा सिजनमा समेत सुन्तला नै पाउन छोडेको छ । यता, दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा भने, सुन्तलाको बोटमा ऐंजेरु पलाउने, टुप्पोबाट सुक्ने समस्या छ । टुप्पो सुक्दै बोट सुक्ने र अन्तमा दाउराका लागि प्रयोग गर्नुपर्ने बाध्यता छ । गतसालको तुलनामा यसवर्ष याम्खामा सुन्तला बढी बिक्री भएको याम्खाकी हस्त कुमारी कुवंरले बताइन् । लगभग सुन्तला खेतीमै निर्भर रहेर सुन्तला खेती गरिरहेका कुवंर परिवारले हालसम्म करीव पाँच लाख बढीको सुन्तला विक्री गरिसकेको छ ।

     

    गतवर्ष २ लाख ६० हजारको सुन्तला बिक्री गरेको उनीहरुले यसवर्ष आफै खटेर ट्याक्टरबाट दिक्तेलमा लगेर बिक्री गर्ने र माग अनुसार काठमाण्डौ, धरानमा पठाएर विक्री गरिएको उनीहरुको भनाइ छ । गाडी लिएर आउनेलाई बोटमै सुन्तला विक्री गर्दा गएको वर्ष घाटामा गएको कुंवरले बताइन् । सुन्तला खोज्दै ग्राहकहरु बोटमा समेत आइपुग्ने गरेको छ । टाढा रहेका आफन्तलाई कोसेली पठाउनका लागि गाउँमा नै प्रतिगोटा ५ रुपैयाँका दरले मनग्गे सुन्तला विक्री हुने गरेको किसानहरु बताउँछन् । यस्तै, छोरम्बुमा पनि सुन्तलामा उस्तै समस्या देखिएको छ । मलखातको कम प्रयोग, पानी अभाव र जलवायु परिवर्तनका कारण बोट सुक्ने समस्या देखिन थालेको याम्खाकी जेटिए सरगम बुढाथोकीले बताइन् । जलवायु परिवर्तन र पानी अभावका कारण लामिडाँडामा पनि सुन्तलाको बोट मरेको लामिडाँडाका जेटिए द्रोण रेग्मीले बताए । पूराना बुढा बोट फालेर नयाँ लगाउने गरेमा सुन्तलामा देखिएको समस्या हल भएर जाने उनको भनाई छ । पतझड वर्गको वनस्पति सुन्तलामा वर्षेनी बोट सुक्ने समस्या आउन थालेपछि सुन्तला खेती गर्दै आएका किसानहरु चिन्तित बनेका छन् ।

    यो पनि पढ्नुहोस

    बोट सुक्ने समस्याले सुन्तला मासियो

    २०७५ माघ ३ गते दिउँसो ३: ०६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology