चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी कल्पना बस्नेत पुस ३० गते आफ्नै बारीमा दाउराका लागि भनेर चिलाउनेको रुख काट्न थालिन् । हल्का बतास समेत चलिरहेको थियो । उनले ढालेको रुखको एउटा हांगा नजिकै रहेको विजुलीको तारमा अल्झियो । विधुत प्रवाह भइरहेका तार चुँडियो, केही आगोका झिल्का समेत निस्कियो । उनीले सोचकी थिईनन् कि त्यो हांगा विजुलीको तारसम्म पुग्छ अनि तार चुडिन्छ ? तर, नसोचेको भइदियो । उनी आतिइन् । हतारहतार नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रमा फोन गरेर जानकारी गराईन् ।
प्राधिकरणबाट गोविन्द घिमिरे(पिडित उपभोक्ताले बताए अनुसार)सहित पाँचजना कर्मचारी आएपछि विजुलीको तार जोडेर पुनः सञ्चालनमा आयो । अब भने, प्राधिकरणका कर्मचारीले विधुत उपभोक्ता कल्पनालाइ ५ हजार मागिन् । यो सुनेर कल्पना झसंग भइन् र, प्रश्न गरिन ‘किन पाँच हजार दिनु, दिनुपर्ने भए कार्यालयमै पुगेर रसिद लिएर तिर्ने अडान लिएँ,’ पिडित बस्नेतले भनिन्, ‘तर, उनीहरुले अफिसमा जाँदा ३०/४० हजारसम्म तिर्नुपर्छ, जेलसम्म वस्नुपर्ने हुन्छ, लाइन काटिदिन्छौ । पाँच हजार दिनु हामी आफै मिलाउछौँ भनेर रकम दिन बाध्य पारियो । पैसा दिन आनाकानी गर्दा भएभरका प्राविधिकले थर्काएर पैसा लियो ।’
विद्युत मर्मत गर्नेक्रममा उपभोक्ताबाट रकम लिने सिस्टम नभएको नेपाल बिद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक प्रमुख एबं निमित्त प्रमुख उमेश महतोले बताए । ‘रुख ढाल्नेबेला कार्यालयलाई खबर गर्नुपर्ने हुन्छ, नियम अनुशार क्षतीपुर्ती पनि बुझाउनुपर्ने हुन्छ,’ महतोले भने, ‘तर, त्यसरी पैसा लिने सिस्टम छैन । पैसा लिएको विषयमा प्राविधिकलाई सोधीखोजी गरिरहेका छौँ ।’ प्राधिकरणका कर्मचारीको यस्तो व्यावहारले उपभोक्ताहरु त्रसित बनेका छन् । यसबारेमा थप बुझ्नका लागि नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश यादवसँग सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुने सकेन ।
२०७५ माघ ३ गते बिहान ११ : ५७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology