• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुगम नेपाल निर्माणका लागि सरकार प्रतिबद्व रहेको प्रधानमन्त्री ओलीको भनाइ

सुगम नेपाल निर्माणका लागि सरकार प्रतिबद्व रहेको प्रधानमन्त्री ओलीको भनाइ


समायोजन खबर
  • शुक्रबार, पौस २० २०७५

  • प्रधानमन्त्री केपीशर्मा ओली

    समायोजन खबर पाँचथर,
    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विश्वसामु सुगम मुलुकका रुपमा चिनाइने बताउनु भएको छ । पाँचथरको रविमा आज भेंडेटार–रवि–राँके सडक कालोपत्रेको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुगम नेपाल निर्माणमा सरकार प्रतिबद्व भएर लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै दुर्गम क्षेत्रमा विकासका पूर्वाधार पु¥याएर सुगम नेपाल बनाइने बताउनुभयो । दुर्गम क्षेत्रलाई यातायात, पर्यटन, स्वास्थ्य र शिक्षाले जोडेर सुविधा सम्पन्न बनाइने प्रधानमन्त्रीको भनाई छ । सडक कालोपत्रेको शिलान्यास गर्दै प्रधानमन्त्रीले सडक सञ्जालमा नजोडिएको हुम्लालाई आगामी दुई वर्षभित्र सडकको पहुँचमा पु¥याइने, पूर्व–पश्चिम र रक्सौल–काठमाण्डौं रेलमार्ग चाँडै बन्ने, कोशीमा केही महिनाभित्रै जहाज आइपुग्ने बताउनुभयो ।

     

    उहाँले बिपन्नलाई जस्ता पाता उपलब्ध गराई फुसको छानो विस्थापित गरिने पनि बताउनुभयो । मुलुकलाई समृद्ध बनाउने अभियानकै क्रममा भेंडेटार–रवि–राँके सडकलाई कालोपत्रे गर्न लागिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । सडक कालोपत्रेको काम आगामी तीन बर्षभित्र सम्पन्न हुने बताउँदै प्रधानमन्त्रीले यस कार्यमा सम्बद्ध सबै पक्षलाई सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा योजनामन्त्री रघुबीर महासेठले निर्माण कम्पनि र योजना कार्यान्वयन गर्ने निकायलाई भेंडेटार–रवि–राँके सडकको कालोपत्रे गर्ने कार्य समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । ट्रयाक खोलिएको तीन दशकपछि भेंडेटार–रवि–राँके सडक कालोपत्रेका लागि शिलान्यास भएपछि सडक पहुँचका स्थानीयमा भने खुशीयाली छाएको छ । एक सय किलोमिटरको भेंडेटार–रवि–राँके सडक कालोपत्रेका लागि तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ रुपैयाँ खर्च हुनेछ ।
    २०७५ पुस २० गते राती ८ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology