समायोजन खबर खोटाङ,
महेश्वरीमा बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्धेश्यले प्रयास नेपालले ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा आज बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो । ‘कृषिको बिकास नै मानव बिकासको आधार हो’ भन्ने नारासहित आयोजना गरिएको कृषि मेला प्रदर्शनी गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले उद्घाटन गर्नुभएको हो । एक दिने कृषि मेला प्रदर्शनीमा गाउँपालिकाको महेश्वरी, सुंदेल, दिप्सुङ, राखाबांदेल र जलेश्वरीका किसानले उत्पादन गरेका तरकारी, फलफुल, खाद्यान्न, तेलहन/दलहन तथा नगदे बाली लगायतको प्रदर्शन गरिएको छ ।
गाउँपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एवम् प्रतिष्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज उत्पादन गर्दै आएका कृषकलाई प्रोत्साहित गर्नका लागि बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको प्रयास नेपालले जनाएको छ । बृहत कृषि मेला प्रदर्शनीमा सहभागी उत्कृष्ट किसानलाई बिभिन्न बिद्यामा पुरस्कार प्रदान गरिएको छ । कृषि व्यवसायको सम्मान र प्रोत्साहनकालागि गाउँपालिकाले समेत पुस २६ र २७ गते कृषि मेला प्रदर्शनीको तयारी गरेको छ ।
२०७५ पुस २० गते राती ८ :०७ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology