चिसाङ शेर्पा खोटाङ,
खोटाङका बहुप्रतिभाका धनी धर्मराज पोखरेल उत्कृष्ट लोक गायकको सूचिमा परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका ईन्जिनियर, राजनीतिकर्मी, समाजसेवी तथा नेपाली लोकगीत क्षेत्रका अब्बल लोक गायक पोखरेल हिमालय अन्तर्राष्ट्रिय नेपाली म्युजिक अर्वाड २०१९ को उत्कृष्ट लोक गायकको सूचिमा परेका हुन् ।
‘सृजनाको मूल्याङ्कन श्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथमा गएको शनिबार हिमालयन नेपाली इभेन्ट्सले काठमाण्डौमा आयोजना गरेको श्रष्टा र सृजना छनौटमा लोकगीततर्फ ‘शंका लागे गाउँघरमा सोध्न पाइन्छ’ भन्ने गीतबाट लोक गायक पोखरेल उत्कृष्ट गायकको सूचिमा परेका हुन् । उक्त गीतलाई लोक गायक पोखरेलले लेखेका हुन् । गीतमा गायक पोखरेल र निशा कार्कीको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेको छ । उत्कृष्ट गायकमा पोखरेलसहित अन्य ४ जना छनौटमा परेका छन् । यसअघि लोक गायक पोखरेलले उत्कृष्ट लोकदोहोरी गायक र वर्षको सर्वोत्कृष्ट लोकदोहोरी गीतबाट अर्वाड पाइसकेका छन् ।
यहि गीतबाट उनी उत्कृष्टमा परे
यो पनि पढ्नुहोस
लोक गायक धर्मराजसँग काठमाण्डौदेखी दिक्तेलसम्म….
लोक गायक धर्मराज पोखरेलको नयाँ म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)
२०७५ पुस १७ गते बिहान ११ : ३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology