समायोजन खबर खोटाङ,
गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । जिल्लाको बुईपा, नेर्पा, कुभिण्डे, दुबेकोल, बाक्सिला, निर्मलीडाँडा, बाँझेच्यानडाँडा लगायतका स्थानमा वसोवास गरिरहेका गुरुङ समुदायले ल्होसार पर्व मनाएका हुन् ।
ल्होसारको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित छैलिङ बौद्ध गुम्बामा विशेष पूजाआज गरिएको छ । यस्तै, साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँस्थित बादुङमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथमा तमु ल्होसार मनाइएको छ । त्यहाँ प्रतिनिधिसभा सदस्य हिरा गुरुङको प्रमुख आतिथ्यमा साँस्कृतिक कार्यक्रम गरिएको हो । यसैगरी, दक्तेल र गोपेनीमा पनि विविध कार्यक्रमका साथमा शुभकामना आदानप्रदान गरी ल्होसार मनाइएको खबर प्राप्त भएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको थियो । ल्होसारको अवसरमा गुरुङ समुदायको बढि बसोबास रहेको गण्डकी प्रदेशमा सार्वजनिक विदासमेत दिइएको थियो ।
२०७५ पुस १५ गते राती ८ बजे मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology