• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साकेला गाउँपालिका : पुननिर्माणको काम ५० प्रतिशत सकियो

साकेला गाउँपालिका : पुननिर्माणको काम ५० प्रतिशत सकियो


समायोजन खबर
  • आइतबार, पौस १५ २०७५

  • फाईल तस्विर ।

    समायोजन खबर खोटाङ,
    भूकम्प पछिको पुननिर्माण अन्तर्गत साकेला गाउँपालिकामा ५० प्रतिशतभन्दा बढी काम सकिएको छ । कूल ५ सय ३१ लाभग्राहीमध्ये आधाबढीको घर निर्माण भईसकेको र निर्माण सम्पन्न प्रमाणपत्र समेत पाईसकेको गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का (झङ्कार)ले जानकारी दिए ।

     

    गाउँपालिकाका ५ वटा वडा अन्तर्गत ७३ जना भूकम्प पीडित परिवारले घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता बुझेका छन् । त्यस्तै २ सय ५० घरपरिवारले दोश्रो किस्ता अनुदान लिएर निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् भने पहिलो किस्ता रकम लिने पीडित परिवारहरुले पनि धमाधम घर निर्माणको काम गरिरहेको अध्यक्ष खड्काको भनाई छ । अध्यक्ष खड्काका अनुसार –‘पहिला नै बनिसकेका घरहरुमध्ये २ सय घर परिवार यस गाउँपालिकाबाट समेटिनेछ । भूकम्प पुर्ननिर्माणको काममा जिल्लाका दश पालिकामध्ये साकेला अघि रहेको अध्यक्ष खड्काको दावी छ ।
    २०७५ पुस १५ गते मध्यान्ह १ः ०९मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology