चिसाङ शेर्पा खोटाङ
खोटाङमा २९ जना किसान पुरस्कृत भएका छन् । जिल्लामा रहेर व्यवसायीकरुपमा कृषि पेशा अपनाउँदै आएका किसान पुरस्कृत भएका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उधोग लगायतको आयोजनामा शनिबार दिक्तेलमा सम्पन्न बृहत कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा सहभागीमध्ये तरकारी बाली, खाद्यान्न बाली, फलफुल बाली, आलु बाली, माछा, तेलहन/दलहन/नगदे बाली र विबिध बाली समुहका उत्कृष्ट किसानलाई छनौट गरेर पुरस्कृत गरिएको हो ।
खाद्यान्न बालीमा याम्खाका झमक अधिकारी प्रथम, दिक्तेलका अम्बीका आचार्य दोश्रो र सोल्माका यामकुमार श्रेष्ठले तेश्रो, फलफुलतर्फ याम्खाका रामबहादुर कुँवर प्रथम, बिजयखर्कका जीवराज पोखरेल दोश्रो र बुईपाका सुमन राई तेश्रो, आलुबालीतर्फ खाल्लेका केदार कट्वाल प्रथम, खाल्लेकै उषा राई दोश्रो र दिक्तेलका बिकास आचार्यले तेश्रो पुरस्कार प्राप्त गरेका छन् । दलहन,तेलहन तथा नगदेतर्फ चिउरीडाँडाका लिला प्रसाद आचार्य प्रथम, दिक्तेलका उमेशचन्द्र आचार्य दोश्रो, दिक्तेलकै गोमा आचार्य तेश्रो, माछातर्फ सोल्माका पेशल कार्की प्रथम, नेर्पाका दुर्गा प्रसाद रिजाल दोश्रो, दिक्तेल २ का राम बजगाँई तेश्रो, तरकारीतर्फ दिक्तेलका खिनमाया आचार्य प्रथम, याम्खाका सुरज कुवंर दोश्रो, बाम्राङका शान्ती नारायण जोशी तेश्रो र विविधतर्फ खाल्लेका नन्द प्रसाद घिमिरे प्रथम, बाम्राङका कमल खत्री दोश्रो र पाथेकाका देउ कुमार राईले तेश्रो पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै, बाली समुहका ८ जना किसानलाई जनही एक हजारका दरले प्रोत्साहन पुरस्कार र ३७ वटा स्टललाई प्रति स्टल दुई हजार पाँच सयका दरले प्रदर्शनी पुरस्कार प्रदान गरिएको थियो । नवौ कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीमा प्रथम, दोश्रो र तेश्रो भएका किसानलाई क्रमशः जनही ४ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । उत्कृष्ट किसानलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणादेबी राई लगायतले पुरस्कार हस्तान्तरण गर्नुभएको छ ।
यस्तै, कृषि मेला प्रदर्शनीकै अवशरमा दिक्तेल रुपाकोट नगरपालिकाभित्रका उत्कृष्ट किसानलाई सम्मान गरिएको छ । २०४४ सालदेखि व्यवसायीकरुपमा अदुवा खेती गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ६९ वर्षीय किसान सुरमान राईलाई सम्मान गरिएको हो । नगरपालिकाको बार्षिक कार्यक्रम अनुशार अदुवा किसान राईलाई नगद २५ हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ ।
२०७५ पुस १४ गते राती ८ : ३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology