• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फर्निचर व्यावसायमा जमेका हर्कराज

फर्निचर व्यावसायमा जमेका हर्कराज


चिसाङ शेर्पा
  • शनिबार, पौस १४ २०७५

  • आफ्नो फर्निचर उधोगमा काम गर्दै हर्कराज राई तस्विर चिसाङ शेर्पा,

    चिसाङ शेर्पा खोटाङ,
    एक जमाना हलेसी भेगका मान्छे भारी बोकेर नै जिबन निर्वाह गर्छन् भन्ने मान्छेमा बुझाई थियो । तर, अहिले त्यस्तो रहेन/छैन । समय सापेक्ष मान्छेहरु विस्तारै परिवर्तन हुंदै आए । गरिवीले गाँजेपछि व्यावसाय के गर्ने ? भन्नेमा दोधार हुंदा मान्छेहरु भारी बोक्नुपर्ने बाध्यता थियो । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम नितुङका हर्कराज राईले हलेसीका मान्छेलाई त्यो वेला चिन्ने एउटा चिनारी सुनाए । करीव वालापनपछि गाउँमा नै यसोउसो फर्निचरको काम गर्दैगर्दै हाल दिक्तेलमा फर्निचर व्यावसाय गर्दै आएका उनले आफ्नो विगत कोट्याए ।


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कमा व्यवस्थित र कानुनी पाटो पुरा गरेर सबैभन्दा ठूलो फर्निचर व्यावसाय गर्दै आएका उनी अहिले त्यही पेशाबाट सन्तुष्ट छन् । फर्निचर व्यावसायबाटै उनले दिक्तेलमा नयाँ घर बनाएर जिबन निर्वाह गरिरहेका छन् । फर्निचर बनाउने र बेच्ने उपाय गाउँमा सिकेर त्यही पेशाबाट केही गर्न सकिन्छ भनी दिक्तेल छिरेका उनले साँच्चिकै सफलता पाए ।

     

    खोटाङको सदरमुकाम तथा व्यापारिक केन्द्र दिक्तेल रत्नपार्कमा २०७१ सालबाट गणेश फर्निचर उधोग सञ्चालन गरेका उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । इमान्दारी र बिश्वासिलो काम गर्दै जाँदा उनको फर्निचर उधोग जिल्लाको सबैको रोजाईमा परे । विस्तारै विस्तारै व्यापारमा बृद्धि हुदै गयो । एकाएक उनमा परिवर्तन आयो । सुरुमा मैले एकवर्ष फर्म विनानै काम पनि गरे तर, धेरैको आँखा दुख्न थाल्यो । अन्ततः आफ्नै फर्म बनाए । केही समय आफै काम गरे, आफै मालिक बने उनले भने ।


    कच्चा पदार्थ पनि आफैले व्यवस्थापन र दैनिक ४ जना कामदार राखेर फर्निचर सञ्चालन गरिरहेका उनले त्यही व्यावसायबाट घर बनाई छोरी पढाइ रहेका छन् । अनि, समाजसेवामा उतिकै सक्रिय छन् । जिल्लामा रहेका सरकारी तथा विभिन्न संघसंस्थामा बिक्री भएको अधिंकाश फर्निचरहरु उनकै फर्निचर उधोगबाट निर्यात हुने गरेको उनले बताए । फर्निचर उधोगमा काठबाट निर्मित फर्निचरका सबै समाग्री बनेपनि टेवल, कुर्सि, दराज, किचन -याक, बक्स पलङ, डाइनिङ टेवल, सोफा सेट, थ्रि फेस लगायतका काठका सामान धेरै बिक्री हुने गरेको छ । ग्राहकको माग बमोजिम सम्पुर्ण फर्निचरका सामान बनाउदै आएको उनले अब, भने आफ्नै समिल राखेर झनै छिटो सुविधा दिने बताउँछन् ।

     

    दिक्तेलमा उनको फर्निचर उधोगसँगै अन्य ५ भन्दा वढी फर्निचर उधोग भए पनि प्रर्तिस्पर्धामा आफ्नो फर्निचर उधोग अगाडी रहेको उनको तर्क छ । कामदारलाई तलब दिएर महिनामा सरदर ३०/३५ हजार आम्दानी गर्दै आएका उनले ४ जनाको परिवार यसै पेशाबाट पालिरहेका छन् । उनको उधोगमा निर्मित फर्निचरका सामानहरु दिक्तेल, हलेसी, खोटाङबजार, ऐसेलुखर्क, बाक्सिला, बाझेच्यानडाँडा, बुइपा लगायतका स्थानमा जाने गरेको छ । हिजो त्यही भारी बोक्न भेगका मान्छे भन्नेहरु आज आफ्नो सीप क्षमता देखेर प्रशंसा गर्छन् । उनको यो बुझाई छ ।
    २०७५ पुस १४ गते मध्यान्ह १२: १९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology