चिसाङ शेर्पा खोटाङ,
शनिबार दिक्तेलमा बृहत व्यावसायिक कृषि मेला तथा औधोगिक प्रर्दशनी हुने भएको छ । कृषि उपजको बृद्धि कृषकको शान, व्यावसायिक कृषकलाई सम्मान हाम्रो अभियान भन्ने नारासहित एक दिने कृषि मेला तथा औधोगिक प्रर्दशनी हुने भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, घरेलु तथा साना उधोग, सबल परियोजनाको सहकार्यमा नवौ कृषक दिवस तथा प्रतियोगितात्मक बृहत कृषि मेलाका लागि जिल्लाका विभिन्न स्थानका कृषक तथा साना उधोग सञ्चालकहरुले कृषि उपज र घरायसी औजारहरु प्रर्दशनीका लागि हेलिप्याडमा ल्याएका छन् ।

आज भने विभिन्न कृषि उपजहरुको दर्ता तथा व्यवस्थापन गरिएको मेला संयोजक गंगा बहादुर बिश्वकर्माले बताए । विभिन्न कृषि उपजहरुले हेलिप्याड झकिझकाउ भएको छ । ३० भन्दा बढी स्टलहरु छन् । प्रतियोगितामा तरकारी बाली, खाद्यन्न बाली, दलहन–तेलहन र नगदे बाली, आलुबाली, फलफुल बाली, विविध बाली र माछा समुहका प्रथम, दोश्रो र तेश्रोले क्रमश चार हजार, तीन हजार र दुई हजार नगद पुरस्कार पाउनेछन् ।
२०७५ पुस १३ गते साँझ ५ : १३ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology