समायोजन खबर खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा साकेला सिली प्रतियोगीताको तयारी गरिएको छ । किरात राई यायोक्खा प्रारम्भिक कमिटि दोर्पाचिउरीडाँडाले आगामी जेठमा दोर्पाचिउरीडाँडामा साकेला सिली प्रतियोगीताको तयारी गरेको हो ।
४ दिनसम्म सञ्चालन हुने साकेला सिली नाच प्रतियोगीताका प्रथम, दोश्रो र तेश्रो हुने समुहलाई क्रमशः नगद १ लाख ७५ हजार र ५० हजार प्रदान गरिने किरात राई यायोक्खा प्रारम्भिक कमिटिका अध्यक्ष सिताराम राईले बताए । युवा पुस्तामा साकेला सिलीप्रति चासो जगाउँदै संरक्षणका लागि जागरुक बनाउनका लागि गर्न लागिएको साकेला सिली प्रतियोगीतामा जिल्ला तथा छिमेकी जिल्लाका करिब ५० समुहको सहभागीता रहने आयोजकको दाबी छ ।
साकेला सिली प्रतियोगीतामा मुन्धुमज्ञातामार्फत साकेला सिलीको विषयमा जानकारी गराउने, साकेला सिलीका बिषयमा बिचार बिमर्श गर्ने, साकेलाको मौलिकतालाई उजागर गर्ने, राई र गैर-राईबीचमा सदभाव र सहिष्णुता कायम गर्ने, साकेला सिलीको बिषयमा समान बुझाईको बिकास गर्ने लगायतका लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
२०७५ पुस १२ गते बिहान १० : ४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology