• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केरा खेतीमा जमेका जिबराज

केरा खेतीमा जमेका जिबराज


चिसाङ शेर्पा
  • बुधबार, पौस ११ २०७५

  • जिबराज पोखरेल

    चिसाङ शेर्पा खोटाङ,
    मलेसियामा धान र फलफुल खेती हेरेपछि, अब म पनि नेपाल गएर फलफुल खेती गर्छु भनेर केरा खेतीमा लागे अहिले राम्रो आम्दानी छ । २०७१ सालदेखी व्यवसायिक रुपमा केरा खेती गर्दै आएका जिबराज पोखरेलले आफ्नो कृषि पेशा सुनाए । बुढ्यौलीपनले पछ्यादै गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका पोखरेलको दैनिकी केराको बगैचामा हुने गर्छ ।


    २०२७ पुस २९ गते बिजयखर्क भैरमपुर बेशीमा जन्मिएका उनले औपचारिक शिक्षा चम्पावती प्राविबाट २०३२ सालबाट सुरु गरेका हुन् । २०४३ सालमा प्रबेशिका परिक्षा उतिर्णगरी उच्च शिक्षाका लागि उनी रत्नराज्य क्याम्पस काठमाण्डौमा गए । पढ्ने क्रममै उनले अमेरिकन दुतावासमा जागिर पाएका थिए । ९ वर्ष आन्तरिक सुरक्षा डिपार्टको सुपरभाइजरको जागिर खाए । तत्कालिन माओवदीको पर्चा, पम्प्लेट प्रचारप्रसार गरेको आरोपमा उनलाई जागिरबाट निकालियो । दुतावासको नियम कानुन अनुसार त्यहाँ जागिर खाएकालाई डेम्लोमेटिक सुरक्षा तालिम दिएर बाहिरी मुलुकमा काम गर्नका सिफासिर दिने चलन अनुसार उनले युएईका सातै राष्ट्रमा जागिर पनि खाए ।

     

    जागिरकै शिलसिलामा उनले बहराइन, मलेसिया, इन्डोनेशिया, सिंगापुर घुम्न भ्याए । मलेसियाको फलफुल खेती देखेर नै उनले आफ्नो १० रोपनी जग्गमा केरा खेती गरेका छन् । स्थानीय जनएकता कृषक समुहका अध्यक्ष समेत रहेको पोखरेलले ब्यक्तिगत बाहेक १० रोपनीको अलवा समुहगत रुपमा २५ रोपनीमा केरा खेती लगाएको छ । केरा खेती गर्नुमा मलेसियापछि उनलाई आफ्नो बुबाको पनि प्रेरणा छ । स्व. नारायण प्रसाद पोखरेल मेरो बुबा हुनुहुन्थ्यो । उहाँ प्रधानपञ्च भएको बेलामा गाउँ डुल्दा केरा खेती देखेको र पछि आफैले सुरु गरेको पेशा अहिले छोरामा सरेको हो । वास्तवमा भन्नुपर्दा, ‘परापुर्वक कालदेखी बुवाले गर्दै आएको पेशा नै मैले अंगालेको हो ।’


    २०७१ सालदेखी व्यवसायिक रुपमा केरा खेतीलाई लानुपर्छ भनेर आफू लगायत टोलछिमेकमा सरसल्लाह गर्दै दुइ रोपनीबाट परिक्षण गरेको केरा खेती हाल १० रोपनीमा पुगेको छ । उनको बगैचामा केरा बाहेक लिची ५० बोट, आँप ५० बोट र केराको झ्याङ थप्ने काम भईरहेको छ । राम्रो बजार नभएकाले डोकोमा बोकेर पञ्चरेदोबाटो र दिक्तेलबजारमा लगेर केरा बिक्री गर्नुपर्ने बाध्यता छ । बर्षादको सिजनमा सडक र जनशक्ति अभावका कारण आप, केरा, लिची तथा अन्य फलफुल त्यतिकै कुहिएर जाने उनले बताए । हाल उनले केरा खेतीबाट मात्रै बार्षिक ५० हजार आम्दानी गरिरहेको छ ।


    बिजयखर्कलाई भर्खरै नगरपालिकाले केरा पकेट क्षेत्र घोषणा गरियता पनि भैरमपुर बेशीलाई छुट्याई व्यवसायिक केरा खेती नहुने स्थानलाई प्राथमिकता दिएकोमा उनी खेद प्रकट गर्छन् । जहाँ व्यवसायिक रुपमा केरा खेती नै छैन । त्यसलाई केरा पकेट क्षेत्र घोषणा गरिन्छ । उनले भने, ‘केरा पकेट क्षेत्र घोषणा गरिएको कोठेबारीमा २/३ झ्याङ मात्रै केरा देख्न सकिन्छ ।’
    २०७५ पुस ११ गते बिहान ८: २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology