चिसाङ शेर्पा खोटाङ,
खोटाङको मंगलटारमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवाको सुचारु भएको छ । बचत गर्ने बानीको विकास गराउने उद्देश्यले हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा बैकिङ सेवाको सुरुवात भएको हो । मंगलटारमा स्थापना गरिएको शाखा रहित बैंकिङ सेवाको सोमबार हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले उद्घाटन गर्नुभएको छ । बैकिङ सेवाबाट स्थानीयहरुले आफ्नै गाउँघरमा बसेर दैनिक दुईलाख बचत, दैनिक एक लाखसम्म नगद निकाल्न, नयाँ खाता खोल्न, आईएमई, प्रभु, सिटी एक्प्रेस, हिमाल रेमिट लगायतका ३० वटा रेमिट्यान्सको कारोवार गर्न तथा डिसहोम रिचार्ज लगाउन, विजुली बत्ती, टेलिफोनको विल भुक्तानी, मोवाईलमा रिचार्जजस्त कामहरु गर्न सकिने माछापुछ्रे बैंक हलेसी शाखाका शाखा प्रवन्धक खगेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।
बैकिङ सेवा सुचारु भएपछि स्थानीयहरुको समय, काम र पैसाको बचत तथा फजुल खर्चमा कमी आउने हलेसी तुवाचुङ नगपालिकाका नगरप्रमुख इवन राईले बताए । राईका अनुसार गत असोज २२ गते स्थापना गरी सञ्चालनमा आईरहेको च्यास्मिटारको शाखा रहित बैंकिङ सेवाले डिकुवा, बाहुनीडाँडा र वडहरेलाई समेटिरहेको छ । मंगलटारपछि अब निकट समयमा सल्लेमा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवाको स्थापना गरिनेछ । यससँगै नगरपालिकाको ११ वडाका स्थानीयले आफ्नै घर आँगनबाट बैंकको कारोवार गर्न सक्नेछ ।
२०७५ पुस ९ गते साँझ ७ : ४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology