चिसाङ शेर्पा खोटाङ,
नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खोटाङबजारबाट विधुत महशुल लिने भएको छ । मोवाइल काउण्टरको स्थापनागरी खोटेहाङ गाउँपालिका–७ खोटाङबजारबाट जिल्लाको दक्षिणी भेगका २ हजार ३ सय ७१ जना सेवाग्राहीबाट विधुत महशुल लिने भएको हो ।
केही समयअघि खोटाङबजार, इन्द्रेणीपोखरी, चिप्रिङ, छितापोखरी, बड्कादियाले, लिच्किराम्चे, सिमपानी र वराहपोखरीका ग्राहकका लागि मोवाइल काउण्टर अति आवाश्यक रहेको टिप्पणी उठाएर केन्द्रमा पठाइएको फायल पास भएपछि मोवाइल काउण्टर खोल्ने अनुमती पाइएको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख राम दिनेस यादवले बताए । अनुमती पाइएसँगै अब, दक्षिणी भेगका सेवाग्राहीले ८० रुपैयाँ विधुत महशुल तिर्न तीन हजार खर्चिनुपर्ने बाध्यता हट्ने भएको छ ।
८० रुपैयाँ विधुत महशुल बुझाउन हजारौ खर्च गर्नुपर्ने समस्या दक्षिणी भेगका सेवाग्राहीहरुले यसअघि पटक–पटक राख्दै आए पनि कुनैपनि सुनुवाई भएको थिएन । ग्राहकहरुको गुनासो र भौगोलिक बिकटता अनुरुप गएको मंसिर २३ गतेदेखी मोवाइल काउण्टर सुरुवात गरिने भनिएको भएपनि विभिन्न चाडपर्वका कारण महिना दिनयता सरेको हो । खोटाङबजारमा पुसको २३ गते मोवाइल काउण्टर स्थापनागरी साविकका ८ गाविसका ग्राहकहरुबाट तीनदिन महशुल लिइनेछ ।
प्राधिकरणका अनुसार मोवाइल काउण्टर स्थापनापछि प्रत्येक महिनाको तीन दिन काउण्टर खोलेर महशुल बुझिनेछ । यसअघि, प्राधिकरणले हलेसीमा मोवाइल काउण्टरको स्थापना गरेर त्यस भेगका सेवाग्राहीलाई सुविधा दिदै आएको छ । जिल्लामा २०५७ जेठ २ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेपछि बल्न थालेको विधुत हालसम्म साविकका ४४ गाविसमा वलिरहेको छ । १२ हजार ३ सय २४ जना यसका ग्राहक छन् ।
२०७५ कार्तिक १७ गते साँझ ५ :५१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology