• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेवा देय् दबूको अध्यक्षमा सैंजु

नेवा देय् दबूको अध्यक्षमा सैंजु


चिसाङ शेर्पा
  • बिहिबार, पौस ५ २०७५

  • नुरकाजी सैजु

    चिसाङ शेर्पा खोटाङ,
    नेवा देय् दबू खोटाङको अध्यक्षमा नुरकाजी सैजु सर्वसम्मत चयन भएका छन् । नेवार समुदायको संस्कार सस्कृतीको जर्गेना र उत्थानमा काम गर्दैै आएको नेवा देय् दबूको पहिलोे जिल्ला कार्य समितिमा सैंजु चयन भएको हो । यसअघि नेवा देय् दबूको तदर्थ समिति रहेकाले जिल्लाभरीको नेवार समुदायको उपस्थिती र दबूका केन्द्रिय अध्यक्ष नरेश कुमार ताम्राकारको प्रमुख उपस्थितीमा बिहीबार दिक्तेलस्थित समिक्षालय हलमा भएको प्रथम जिल्ला अधिबेशनले सैंजुलाई अध्यक्ष बनाउदै १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको नेवा देय् दबू प्रदेश नं.१ का सदस्य ईन्द्र कसजुले जानकारी दिए ।

     

    समितिको उपाध्यक्षमा रमेशराज भण्डारी, सचिवमा गोपाल श्रेष्ठ, सह सचिवमा मन्दिप श्रेष्ठ र कोषाध्यक्षमा अम्बर श्रेष्ठ चयन भएका छन् ।अधिवेशन अघि नेवार समुदायले आफ्नो भेषभूषामा सजिएर दिक्तेलबजार परिक्रमा गरेको थियो । अधिवेशनको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले सवै मिलेर आ-आफ्नो संस्कार संस्कृतीको जर्गेना गर्नमा लाग्नुपर्ने बताएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभीत्र यस वर्षवाट नेवार समुदायको लाखे जात्रामा सार्वजनिक विदा दिनका लागि कार्यपालिकासँग छलफल गरिने र संम्भवत त्यो निर्णय पास हुने नगरप्रमुख दिपनारायण रिजालले बताए ।
    २०७५ पुस ५ गते साँझ ६ : ४० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology