चिसाङ शेर्पा खोटाङ,
खोटाङकी नव गायिका प्रबृत्ति राईको आवाजमा पहिलो गीत सार्वजनिक भएको छ । २०७४ साल फागुन १ गतेबाट दिक्तेलस्थित साईनो कला केन्द्रमा संगीत अध्ययन गरिरहेकी प्रबृत्तिको आवाजमा ‘तिम्ले मलाई छाडी जाँदा मेरो के हालत हुन्छ ।’ बोलको गीत जेरुङ फिल्मको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
खोटाङका युवा साहित्यकार प्रमोद श्रेष्ठको शब्द र भक्त कुमार बिश्वकर्माको संगीत रहेको गीतलाई जिबनको पहिलो पटक प्रबृत्तिले गाएकी हुन् । गएको साउन २ गते ओखलढुंगामा सम्पन्न भिजन आईडल फस्ट रनरअप भएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेकी १६ वर्षीय प्रबृत्ति संगीत क्षेत्रमा उज्ज्वल भविष्य बोकेकी गायिका हुन् । उनले गाएको गीतमा माया र प्रेममा धोका खाएपछि प्रेमीलाई हुने पिडाको भाव उजागर गरिएको छ ।
लिप्सिङ भिडियो सहित
यो पनि पढ्नुहोस
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology