• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फस्ट रनरअप हुंदा जताततै आमा देखे : प्रबृत्ति

फस्ट रनरअप हुंदा जताततै आमा देखे : प्रबृत्ति


चिसाङ शेर्पा
  • सोमबार, साउन ७ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    भाबुक मुद्रामा उनीले भनिन्, ‘मेरी आमाले गीत छानी,छानी गाउन भन्नु हुन्थ्यो । सानी बच्ची जसरी फुरुङ्ग भएर जानी नजानी गीत गाउँथे । तर, त्यो खुशी निर्दयी समयले धेरै रहन दिएन ।’ आँखाभरी टिलपिल आँसु बनाउदै उनी, आफ्नो आमाप्रति बिछोडको पिडा शब्दमा ओकल्न खोज्दै थिईन् । अन्ततः उनको शब्दहरु थर्मराउन थाल्यो, स्वर काम्न थाल्यो । तपाईलाई गाह्रो भएजस्तो छ है । भन्ने प्रश्नमा उनी, ‘अलिक आफूलाई कठोर बनाउन खोजीन् र, भनिन् ‘आमा भन्ने चिजै यस्तै हो असह्य पिडा हुन्छ । आमा फेरी पाईन्न नि त….।’

     

    खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे नाप्तीकुका स्थानीय तथा साउन २ गते ओखलढुंगामा सम्पन्न भिजन आईडल फस्ट रनरअप ‘प्रबृत्ति राई’ले आफ्नो आमा गुमाउनु पर्दाको पिडा सुनाउँदै थिई । सुन्दा मात्रै कहाली लाग्दो, उजाड, उराठ लाग्दो पिडा स्वयंम् १६ वर्षिय एक युवतीले भोग्नुपर्दा कती असह्य पिडा भयो होला त्यो शब्दमा लेख्न, भन्न सकिन्न । २०७४ जेठ २२ गते ब्लड प्रेसरले आमाको मृत्यु भएपछि मातृ बियोगमा रहेकी प्रबृत्तिले सांगीतिक रियालिटी सो भिजन आइडल जितेपछि सबैभन्दा पहिले आफ्नो आमालाई सम्झेकी थिईन् । जुन दिन आमा हुंदा आमाले गायिका श्रेयसी चेम्जोङको ‘सानै छु आमा म, छोरी आज’ गीत गाउ छोरी भनेर हौसला दिइएकी थिईन् । परिवारकी कान्छी छोरी स्वभावैले छुच्ची, रिसालु, झगडालु हुन्छन् उनीले भनिन् ‘म पनि ति आचरणबाट अछुतो रहन सकिन आमाबुबासँग रिसाउथे, झगडा गर्थे । अनि बुबा ममीलाई गती गाएर फकाउथे, प्रभावित बनाउथे तर, अब कहिल्यै त्यस्तो समय आउदैन ।’ लामो स्वास लिदै, नेपाली चलचित्र ‘नाई नभन्नु ल’मा समाबेश ‘मर्ने कसैलाई रहर हुदैन’ त्यो गीत ममीको मनपर्ने गीत थियो । धेरै गाउन लगाउनु भयो, बिडम्बना उहाँ आज हुनुहुन्न । मान्छे भएर जन्मेपछि मर्नु त पर्ने नै रहेछ । तपाई हाम्रो पनि बाटो त्यही हो, ढिलोछिटो त हो ।


    अझैसम्म उनी हामीसँग कुरा गर्नका लागि सहज हुन सकीरहेकी थिईन् । गायीका बनाउने आमाबाबुको सपना पूरा गर्नका लागि साईनो कला केन्द्र दिक्तेलमा निशुल्क संगीत अध्ययन गरीरहेकी प्रबृत्ति परिवारको सपना पूरा गर्न हर हमेसा संर्घष गरीरहेकी एक सहाषी युवती हुन् । बुुबा उदिम बहादुर राई र स्व. आमा कमलादेबी राईको कोखबाट २०५९ फागुन ९ गते कान्छी छोरीको रुपमा नाप्तीकु बतासेमा जन्मनु भएका उनको औपचारिक शिक्षा जनता मावि बतासेबाट सुरुवात भएर सोही विद्धालयबाट २०७३ सालमा प्रबेशिका परिक्षा उतिर्ण गरिन् । त्यसबेला उनको परिवारको सपना उच्च शिक्षा अध्ययनका लागि छोरी काठमाण्डौ पठाउने थियो । प्रबृत्ति खुशी भईन् । अक्सर ब्लड प्रेसरले आमा थलिनु भयो, प्रबृत्ति काठमाण्डौ जाने कुरा बिस्तारै हराउदै,हराउदै गए ।

    “परिवारको कान्छी छोरी घर छोडेर दिक्तेलमा बसी संगीत सिक्छु भन्दा, बुबाको चित्त बुझाउन अत्यन्तै गाह्रो थियो । छोरीलाई सानैदेखी आमाको गायिका बनाउने सपना बुबालाई फेरी सम्झाए, पत्नी बियोगमा पर्नुभएको बुबालाई सम्झाउन सामान्य कुरा थिएन । जान्ने बुझ्ने गाउँका सबैले बुबालाई भनेपछि उहाँ सहमत हुनुभयो ।”

    एकातिर परिवारको मूल सदस्य आमालाई विरामीले झन च्याप्दै जादैं थियो । आर्थिक स्थिती कमजोर परिवारमा कान्छी छोरीलाई पढ्न काठमाण्डौ पठाउने विषयभन्दा बिरामी आमालाई उपचार गराउने कुरा महत्वपुर्ण भयो । त्यो हुन पनि थियो । स्वर कमाउदै प्रबृत्ति बेलिविस्तार लगाउदै थिई, ‘भाविले मेरो काठमाण्डौमा पढ्ने सपना खोस्यो, आमालाई पनि हामीबाट सदाका लागि खोसेर लग्यो । पछि थाहा भयो ममीलाई ब्लड प्रेसरको बिराम रहेछ । प्रेसरको उपचार असफल भयो हामी ऋणमा डुब्यौ, अरु साथीहरु सरह पढ्ने, हाँस्ने, खेल्ने सबै चाहाना मरेर गयो, एकसाथ परिवार शोक र ऋणमा डुब्यो ।’ भनेजस्तो सुविधा सम्पन्न विद्धालयमा पढ्न पैसा थिएन र जुन विद्धालयबाट औपचारिक शिक्षा सुरु गरे त्यही विद्धालयमा उच्च शिक्षाका लागि भर्ना गरे । अहिले १२ कक्षामा पढिरहेकी छु ।

     

    मैले, उनलाई पारिवारीक पिडाबाट बाहिर निकाल्ने प्रयास गरे, बल्ल उनी सहज भई, ‘मलाई थाहा छ मैले ८/९ बर्षको हुंदा गाउँघरको पिकनिकमा गीत गाए । विद्धालय स्तरीय, वडास्तरीय गायन प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो स्थान ल्याएको छु । बाल्यकालदेखी नै मलाई असल गायिका बनाउने आमाको सपना थियो । आमाछोरी पढाई भन्दा संगीतमा धेरै समय खर्च गथ्र्यौ । उनले भनिन्, ‘अहिले पनि पढाईभन्दा संगीतलाई नै प्राथमकिता दिन्छु ।’ १२ वर्षको उमेरमा सांगीतिक रियालिटी सो ब्वाईस अफ खोटाङको दोश्रो राउण्ड र १५ बर्षको उमेरमा खोटाङ आइडलको लोक आधुनिक राउण्डबाट बाहिरीएका उनी बालसेवा समाज नेपालको पुस्तकालयमा काम गर्दै स्थानिय साईनो कला केन्द्र दिक्तेलमा प्रत्येक बिहान बेलुका एक/एक घण्टा संगीत अध्ययन गरिरहेकी एक प्रतिभाशाली र संम्भवना बोकेकी नव गायिका हुन् ।

    परिवारको कान्छी छोरी घर छोडेर दिक्तेलमा बसी संगीत सिक्छु भन्दा, बुबाको चित्त बुझाउन अत्यन्तै गाह्रो थियो । छोरीलाई सानैदेखी आमाको गायिका बनाउने सपना बुबालाई फेरी सम्झाए, पत्नी बियोगमा पर्नुभएको बुबालाई सम्झाउन सामान्य कुरा थिएन । जान्ने बुझ्ने गाउँका सबैले बुबालाई भनेपछि उहाँ सहमत हुनुभयो । एक हिसाबले उहाँलाई हामीले एक्लो बनायौ, खेतीपाती र घरमा सिमित बनाएर आमाको त्यो अमृतवाणीहरु पुरा गर्न रातदिन भोकतिर्खा भनिन् । कठोर मेहेनत गर्दै गए । पारिवारीक पिडामा बुबा खुम्चनु भाछ, म आफै खुम्चीएको थिए । उनी फेरी भावुक बन्न थालिन्, नभन्दै भिजन नेपालको वार्षिक उत्सवको अवसरमा भएको भिजन आइडलमा प्रर्तिस्पर्धा गरे र साउन २ गते आइडलको पहिलो रनरअप भए । त्यो सफलता मेरो सांगीतिक जीबनको टर्निङ प्वाईन्ट बन्यो । मातृ बियोगले खुम्चिएकी म, म भित्र हराएको खुशी फेरी आयो, बुबा भन्नुहुन्छ, ‘छोरी तिमीले हराएको खुशी फर्काइ दियौ, दुःखलाई भुलायौ ।’

     

    नेपाली गायिका अन्जु पन्तको गीत अत्यन्तै मन पराउने उनी, अरुणा लामा, सत्यकला राईको गीत सुन्ने र गाउने गर्छिन् । १६ बर्षीय प्रबृत्तिको अभ्यास, सिर्जनशिलता र प्रतिभाको पछाडी आमाका प्रेरणा रहेको उनी बताउछिन् । भिजन आईडलको पहिलो रनरअप हुंदा स्वर्गीय आमालाई सम्झेर रोएकी उनीले त्यस माहोलमा जताततै आमा देखिन्, खुशीमा, दुखीमा । दिल खोलेर उनी भन्दै थिइ ‘म,मा मेरी आमाको आर्शिवाद, तपाईहरुको अमुल्य साथ सहयोग छ । एकदिन अवश्य सफल गायिका बन्नेछु । आफ्नै चेली सम्झिएर असल गायिका बनाउनमा सहयोग गरिदिनु होस ।’

    “भिजन आईडल जितेपछि प्रबृत्तिको गाउँ गाउँमा तथा शहरमा चर्चा भएको छ । परिवारमा पुगेको चोटमा थोरै मल्हम लागेको छ ।”

    जीबनभर नेपाली संगीत क्षेत्रमा लाग्ने अठोट लिएर ठूलो सपना सजाउदै बालसेवा समाज नेपालको पुस्तकालयमा मासिक ८ हजार रुपैयाँमा काम गर्दै आएकी उनले सफल गायिका बनेमा आफ्नो आमा र बुबाको लागि ठूलो सपना देखेकी सुनाईन् । काम र संगीतको अलवा उनी एक्लै हुंदा प्राय ‘एक्लै बस्दा सधै मलाई तिम्रो याद आई दिन्छ, मर्ने कसैलाई रहर हुदैन, सानै छु आमा म छोरी आज, यो मन ढुंगा भईदिए, तिमी तारे भीर.. जस्ता आमाको सम्झनामा गीत गाउने गर्छिन् । आमाको बियोगमा रुने गर्छिन् ।

     

    भिजन आईडलमा फस्ट रनरअप भएकी प्रबृत्तिले नगद १५ हजारका साथमा मायाँको चिनो, मेडल र प्रमाण–पत्र प्राप्त गरेकी थिइन् । भिजन आईडल जितेपछि प्रबृत्तिको गाउँ गाउँमा तथा शहरमा चर्चा भएको छ । परिवारमा पुगेको चोटमा थोरै मल्हम लागेको छ । उनको गला कलाको उच्च कदर गर्दै स्थानिय साईनो कला केन्द्र दिक्तेलले उनलाई गत शुक्रबार सम्मान गरेको थियो । सम्मान कार्यक्रममा उनको कारुणिक जीवन संर्घष सुनेर धेरैले सहानुभूती सहित सांगितीक जीवनमा उज्ज्वल भविष्य रहेको बताएका थिए । उनको जीबन कहानी सुनेर नै रावाबेंशी गाउँपालिका–२ खार्पाका उदिम चाम्लिङले एकवटा गीत उनैको आवाजमा रेकर्डिङ गराउने भएका छन् । अन्य ब्यक्तिहरुले पनि अनौपचारिक रुपमा उनलाई सांगीतिक दुनियाँमा लाग्न साथ र सहयोग गर्ने आश्वसन दिएका छन् । जिल्लाका मिडियाले समेत उनलाई पहिलो प्राथमिकतामा राखेर उनी सम्बन्धि विभिन्न सामग्रीहरु प्रस्तुत गरिरहेको छ ।
    तस्विर, नब गायिका प्रबृत्ति राई, २०७५ साउन ७ गते दिउँसो १ : ०५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology