• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सप्तेश्वर छितापोखरीमा वल्यो विजुली

सप्तेश्वर छितापोखरीमा वल्यो विजुली


समायोजन खबर
  • बुधबार, पौस ४ २०७५

  • विजुली वत्ती उद्घाटन गर्दै गाउँपालिका प्रमुख भुपेन्द्र राई, उपप्रमुख सपना राई लगायत, तस्विर समायोजन खबर

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको सप्तेश्वर छितापोखरीमा विजुली वत्ती वलेको छ । सदियौंदेखी अध्याँरोमा बस्दै आएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ स–छितापोखरीका स्थानीयको घरघरमा विजुली वत्ती बलेको हो ।


    सामुदायिक विधुतीकरण र गाउँपालिकाको सहकार्यमा जडान गरिएको विजुली वत्तीको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बुधबार उद्घाटन गरेका छन् । वडाको ४ सय ४३ घरधुरीमा विजुली वत्ती वाल्ने योजना अनुसार आज २ सय ९ घरमा वत्ती वलेको छ । बाँकी घरमा हाउस वयरिङ भईरहेको र लाईन पुग्ने केही स्थानमा रुखहरु फडाँनी ‐बुस कटिङ) गर्नुपर्ने भएकाले केही समयपछि बाँकी घरहरुमा पनि विजुली वत्ती बल्नेछ ।


    विजुली वत्ती वलेपछि स्थानीयलाई दैनिक कामकाज गर्नमा सहजता आउने अनुमान गरिएको छ । टुकी तथा सोलार वत्ती वाल्दै आएका स्थानीयको घरमा विजुली वत्ती बल्दा आफूहरु हर्षित भएको स्थानीयवासीहरुको भनाई छ । यससँगै उक्त गाउँपालिकाको बतासेसहित अन्य केही भूभागमा विजुली वत्ती वल्न बाँकी रहेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology