• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुर-खोटाङ जोड्ने मध्यपहाडी लोकमार्गमा कालोपत्रेको काम सुरु

भोजपुर-खोटाङ जोड्ने मध्यपहाडी लोकमार्गमा कालोपत्रेको काम सुरु


समायोजन खबर
  • बुधबार, पौस ४ २०७५

  • कालोपत्रे काम हुंदै

    समायोजन खबर  खोटाङ,
    भोजपुर, भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रेको काम सुरु भएको छ । सडकको स्तरोन्नतीले गति लिएपछि पहिलो प्याकेज अन्तर्गत भोजपुर सदरमुकामदेखि सेरा खोलासम्मको झण्डै साढे ७ किलोमिटर सडकखण्डमा कालोपत्रे काम थालिएको हो ।

    राजमार्गको पहिलो र दोश्रो प्याकेजको कालोपत्रे काम ०७६ असोज मसान्तभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । भोजपुर–खोटाङको सिमानामा पर्ने चखेवा भञ्जाङसम्मको उक्त सडकखण्डको कालोपत्रे कामलाई चार प्याकेजमा विभाजन गरी पहिलो प्याकेज अन्र्तगतको कालोपत्रे सुरु गरिएको निर्माण ठेकेदार कम्पनी गोल्डेन कन्सट्रक्सनले जनाएको छ । सडकको स्तरोन्नती ०७४ असोज मसान्तबाट सुरु गरिएको काम ०७६ को असोज मशान्तसम्म पहिलो प्याकेज अन्र्तगत भोजपुर देउरालीदेखि सिद्देश्वरको सेराखोला (दाँवा) सम्म र दोश्रो प्याकेज अन्र्तगतको सेराखोला (दाँवा) देखि गुप्तेश्वरसम्मको सडकखण्ड कालोपत्रे बनाइने लक्ष्य लिएको कन्स्ट्रक्सनका साइड इन्चार्ज डाङी शेर्पाले बताउनुभयो ।

    ‘पहिलो प्याकेज अन्र्तगतको भौतिक संरचना र सब–बेस गर्ने कामसकेपछि कालोपत्रेको काम थालिएको छ’, शेर्पाले भन्नुभयोे, ‘देउरालीदेखि सेरासम्मको प्याकेजमा थालिएको कालोपत्रे आउँदो माघ अन्तिममा सक्ने र आर्थिक वर्ष ०७६/७७ मा बाँकी सम्पूर्ण प्याकेजका सडकखण्ड कालोपत्रे गरेर सक्ने लक्ष्य लिएका छौँ ।’ राष्ट्रिय गौरवको आयोजना अन्र्तगत दुई वर्षको समयावधिमा झण्डै एक अर्बको लगानीमा निर्माण भइरहेकोे उक्त मध्यपहाडी लोकमार्गको सडकस्तरोन्नतीको ठेक्का पाएको कम्पनीले देउराली (सदरमुकाम), सेराखोला (दाँवा), सेतीबगर (गुप्तेश्वर) र चखेवाभञ्जाङ गरी चार प्याकेजको स्तरोन्नती कार्य ०७७ सालको असोज मसान्तसम्म गरिसक्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ ।

    अहिले सडकखण्ड डीपीएसटी प्रणाली अन्र्तगत कालोपत्रे कामको ग्राभेल लेभल मिलाएलगत्तै पहिलो चरणमा १२ देखि २० सेन्टिमिटरको गिटी अलकत्र राखेर पेल्ने काम गरिएको छ । यसपछि नअडिएका धुलो निकालेर फेरि ६ देखि १२ सेन्टिमिटर गिटीमा अलकत्र राखी पेलेर कालोपत्रेलाई गुणस्तर थप्ने ईञ्चार्ज शेर्पाले जानकारी दिनुभयो । पहिलो प्याकेज अन्तगतको उक्त सडकखण्डमा गएको चैत मसान्तसम्म सब–वेसका सबै काम सकाएर ७० प्रतिशत वित्तीय काम र ३० प्रतिशत पेभमेन्टको काम बाँकी रहको थियो । इन्चार्ज शेर्पाका अनुसार अहिले पहिलो प्याकेजको कालोपत्रे कामबाहेक बाँकी तीन प्याकेजमध्ये दोश्रो प्याकेज महावीर कन्स्ट्रक्शनले ग्राभेलीङको ठेक्का गरिरहेको, तेश्रो प्याकेजमा ८० प्रतिशत र चौँथो प्याकेजमा ५५ प्रतिशत भौतिक संरचना र पेभमेन्टको काम सम्पन्न भएको छ ।

    उक्त सडकखण्डको कालोपत्रे, वालिङ, सोलिङ लगायतको काममा हाल ३ सय ५० को हाराहारीमा कामदारहरु खटाइएको छ । त्यस्तै उक्त कालोपत्रे काम भइरहेको भोजपुर नगरपालिका वडा नं ४ सिद्देश्वर र ५ बोखिमको सिमानामा रहेको सेरा खोलामा आरसिसि पक्कि पुलको काम सम्पन्न भएसँगै यात्रुबाहक, मालबाहक सवारीसाधनहरुलाई सहज भएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology