• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलबजार सिसी क्यामेराको निगरानीमा

दिक्तेलबजार सिसी क्यामेराको निगरानीमा


समायोजन खबर
  • बुधबार, पौस ४ २०७५

  • सिसी क्यामेराको उद्घाटन गर्दै नगरप्रमुख दिपनारायण रिजाल तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेलबजारमा जडान गरिएको सिसी क्यामेरा सञ्चालनमा आएको छ । दिक्तेलबजारभीत्र हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले केही समयअघि जडान गरिएको १६ वटा सिसी क्यामेरा सञ्चालनमा आएको हो । दिक्तेल बजार व्यवस्थापन कार्यक्रम अन्तरगत नगरपालिकाको १० लाख लगानीमा ८ स्थानमा दुई/दुई वटा जडान गरिएको सिसी क्यामेराको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले आफ्नै कार्यकक्षमा बुधबार रिमोर्टको सहयाताले मनिटर खोलेर औपचारिक रुपमा सुचारु भएको बताएका छन् । यससँगै अब दिक्तेलबजार सिसी क्यामेराको निगरानीमा रहने छ ।


    नगरपालिकाको लगानी र हाईटेक आईटी सोलुसनले दिक्तेलको हाँटडाँडा, भानुचोक, अस्पताल चोक, पूरानो बैंकचोक, त्रिवेणीचोक, भवनगैरा, बेशक्याम र रत्नपार्कमा जडान गरेको सिसी क्यामेराको एकवटा मनिटर नगरपालिका र एकवटा मनिटर जिल्ला प्रहरी कार्यालयमा रहने छ । सिसी क्यामेराले दिक्तेलबजारको अपराध नियन्त्रण, शान्ती सुरक्षा कायम र अपराध अनुसन्धानमा महत्वपुर्ण भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । अपराधरहित समाज र नागरिक सुरक्षामा सिसी क्यामेराले ठूलो महत्व राख्छ । डिएसपी केसीले भने, ‘जिप्रकामा मनिटर हेर्नका लागि २४ सैं घण्टा प्रहरी ड्युटीमा हुनेछ । अपराधिक गतिविधि भएमा तत्काल प्रहरी परिचालन गरिनेछ ।’


    अव्यवस्थित दिक्तेलबजारलाई व्यवस्थित बनाउदै लैजानेक्रममा जडान गरिएको सिसी क्यामेराले अपराध नियन्त्रणका अलवा बजार व्यवस्थित बनाउनमा टेवा पुग्ने नगरप्रमुख रिजालले बताए । उनका अनुसार सिसी क्यामेराको सहायताबाट अव्यवस्थित पार्किङ, सडक पेटीमा सामान राख्ने, सार्वजनिक स्थानमा मध्यपान/धुम्रपान गर्ने र बजारमा जथाभावी निर्माण सामग्री थुपार्नेजस्ता गतिविधिलाई नियन्त्रर्ण गर्न सिसी क्यामेरा जडान गरिएको हो । आवाश्यक अनुसार बजारको अन्य स्थानमा समेत पछि सिसी क्यामेरा जडान गरिने नगरपालिकाले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology