चिसाङ शेर्पा खोटाङ,
मानसिक सन्तुलन गुमाएकी छितापोखरीकी रमिला तामाङलाई उपचारका लागि दश हजार आर्थिक सहयोग गरिएको छ । बिगत दुई वर्षदेखी मानसिक रोगकी शिकार बनेकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाकी स्थानीय ३३ वर्षीया तामाङलाई उद्धार पश्चात आर्थिक सहयोग गरिएको हो ।
चारैतिर जाली र काठको कोठा बनाई दिशापिसाब एकै ठाउँमा गर्नेगरी बन्धक बनाएको उनको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मंगलबार बिहान गाउँपालिका प्रमुख भुपेन्द्र राईको नेतृत्वमा उद्धारगरी थप उपचार गराउन राजधानी लैजानका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । उद्धार पश्चात परिवारसहित उनी दिक्तेलमा आईपुगेका छन् । बुधबार(भोली) उनलाई उपचार गराउन राजधानी लगिने भएको छ ।
केही समय अघि धरान उपचारमा लैजाँदा उपचार हुन नसकेको र गाउँमा उनले खुकुरी बोक्ने, भाडाकुंडा बोकेर हिड्ने, गाईगोरु खोलिदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने, अपशब्द बोल्ने र अन्ततः उनकै जीबन जोखिम हुने भएकाले गाउँले मिलेर बन्धक झै बनाएर राखेका थिए ।
यो पनि पढ्नुहोस
रमिलाको उद्धार, उपचारका लागि आजै काठमाण्डौ लगिदै
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology