समायोजन खबर खोटाङ,
खोटाङको दिक्तेलमा भएको आगलागीबाट पिडित परिवारलाई यूएईबाट राहत प्राप्त भएको छ । गत कात्तिक २३ गते बिहान ३ बजे भएको भिषण आगलागीबाट बिस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कका अग्नी पिडित कृष्णकुमार श्रेष्ठ, अम्बीका बुढाथोकी र बुढाथोकीको घरमा पशल गर्दै आएका रमेश खत्रीलाई हाल यूएईमा रहेकी समाजसेबी भगवती चामलीङको एकल प्रयासमा संकलन भएको ७३ हजार ३ सय रुपैयाँ राहत प्राप्त भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भइ हाल यूएईमा रहेकी चामलीङको एक्लो पहलमा संकलन भएको राहत रकम सोमबार दिक्तेलको रत्नपार्कस्थित सामुदायीक सेवा केन्द्रको प्रांगणमा कार्यक्रम गरेर अग्नी पिडितलाई प्रदान गरिएको हो । संघीय समाजबादी फोरमकी यूएई उपाध्यक्ष, खोटाङ सेवा समाज कतारकी उपाध्यक्ष रहेकी चामलीङले आफन्त कृष्णकुमारी राईको नाममा पठाएको रकममध्ये अग्नी पिडित श्रेष्ठलाई ५३ हजार १ सय, बुढाथोकीलाई १० हजार १ सय र खत्रीलाई १० हजार १ सय प्रदान गरिएको छ । अग्नी पिडितलाई पुर्वसभाषद दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष निर्मल राई र सरस्वती माबिका पुर्वप्रअ जयप्रसाद आचार्यले राहत रकम हस्तान्तरण गरेका छन् ।
सरस्वती माबिका पुर्वबिद्यार्थी रहेकी चामलीङले सोही बिद्यालयका अग्नी पिडित शिक्षक श्रेष्ठलाई लक्ष्यीत गरी फेसबुकमार्फत राहत संकलन अभियान सञ्चालन गरेको बताएकी छन् । चामलीङले स्वदेश तथा बिदेशमा रहेका ३८ नेपालीबाट ५० दिरामदेखि १८० दिरामका दरले राहत रकम संकलन गरेर अग्नी पिडितको नाममा पठाएकी हुन् । आगलागीबाट बिस्थापित अग्नी पिडितका लागि स्वदेश तथा बिदेशमा सहयोग जुट्नेक्रम जारी छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology