• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैङ्गिक हिंसा उन्मुलन दिवस मनाईयो (फोटो फिचर)

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैङ्गिक हिंसा उन्मुलन दिवस मनाईयो (फोटो फिचर)


चिसाङ शेर्पा
  • सोमबार, मंसिर २४ २०७५

  • दिवसको अवसरमा दिक्तेलमा निकालिएको -याली तस्विर/ चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    दिक्तेलमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन र ७० औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा -याली निकालिएको छ । महिला हिंसाका घटनालाई न्यूनीकरण एबं हिंसामा संलग्न दोषीमाथि कानुनी कारबाहीका लागि दवाव स्वरुप -याली निकालिएको हो ।


    राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. १ शाखा कार्यालय दिक्तलको आयोजनामा दिक्तेल रत्नपार्कदेखी त्रिबेणीचोक हुदै जिल्ला समन्वय समितिको हलसम्म निकालिएको -यालीमा आयोगका कार्यालय प्रमुख सुबोध पोखरेल, जिल्ला अदालत खोटाङका न्यायधिश किशोर घिमिरे, जिल्ला समन्वय समितिका पदाधिकारी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणा देवी राई, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, तीनै सुरक्षा निकाय प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु सहभागि थिए ।


    -यालीपछि जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा महिला हिंसा विरुद्ध १६ दिन मात्रै नभइ ३६५ दिननै सबैजना आ–आफ्नो स्थानबाट लागि पर्नुपर्ने बक्ताहरुले बताएका थिए ।

    २०७५ मंसिर २४ गते मध्यान्ह १२ :२८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology