• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा चिसोका कारण ६ हजार कुखुरा मरे

खोटाङमा चिसोका कारण ६ हजार कुखुरा मरे


समायोजन खबर
  • आइतबार, मंसिर २३ २०७५

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ,
    खोटाङमा कुखुरा फर्ममा पालिएका कुखुरा मर्न थालेका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका मुनाल कार्कीको खोटाङ हलेसी एग्रीकल्चर एण्ड लाइभस्टक प्रालि अन्तरगतको फर्ममा पालिएका कुखुरा मर्न थालेको छ । मंसिर १९ गते यता दैनिक कुखुरा मर्न थालेको नगरका पशु सेवा शाखाले जनाएको छ । ११ हजार कुखुरा रहेको फर्ममा हालसम्म ६ हजार कुखुरा मरिसकेको जानकारी आएको नगरपालिकाका मेयर इवन राईले बताए ।

     

    पशु सेवा शाखाले अनुगमनकाक्रममा चिसोका कारण श्वास प्रस्वासमा समस्या आएपछि लाग्ने क्रोनिक रेस्पीटरी डिजिज (सिआरडी)का कारण कुखुरा मरेको रहस्य खुलेको पशु सेवा शाखाका प्रमुख गणेश नेपालीले बताए । पसु सेवा शाखाको अनुगमनपछि मरेका कुखुरालाई चुन छर्केर खाल्डोमा पुर्ने व्यवस्था मिलाइएको छ ।
    २०७५ मंसिर २३ गते राती ८ :३५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology