चिसाङ शेर्पा खोटाङ,
खोटाङमा एकवटा गाउँपालिकाभरीका जेष्ठ नागरिकहरुले निःशुल्क यातायातको सुविधा पाउने भएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६५ वर्ष माथीका सम्पुर्ण जेष्ठ नागरिकहरुले यातायातमा निःशुल्क सुविधा पाउने भएका हुन् । शनिबार जेष्ठ नागरिकका लागि गाउँपालिका प्रमुखको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल र खोटाङ यातायात प्रालिका कोषाध्यक्ष गोविन्द बहादुर कटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै गाउँपालिका क्षेत्रभीत्र चल्ने प्रालिको गाडीमा जेष्ठ नागरिकले निःशुल्क यातायात सुविधा पाउने आईटी अफिसर मणिचन्द्र राईले जानकारी दिए ।
स्थानीय सरकार आएपछि ग्रामिण स्थानमा सडकको पहुँच पुगेको र त्यस स्थानमा चल्ने उक्त प्रालिको सवारी साधनमा यात्रा गर्दा उमेर तोकिए अनुसारका जेष्ठ नागरिकले अबदेखी निःशुल्क यात्रा गर्न पाउने गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । त्यसका लागि जेष्ठ नागरिक निशुल्क यातायात परिचयपत्र वितरणको काम अन्तिमा चरणमा पुगेको छ । जेष्ठ नागरिकले यातायातमा सुविधा लिनका लागि गाउँपालिकाबाट जारी गरिएको जेष्ठ नागरिक निशुल्क यातायात परिचयपत्र हुनुपर्ने यातायात प्रालिले जनाएको छ । हाल उक्त प्रालिको गाडी दिक्तेल–मात्तिम हुंदै पञ्चमीबजार, रेग्मीटार–टुवाखेला हुदैं पञ्चमीबजार आवतजावत गरिरहेको छ । निर्माणाधिन फोक्सिङटारको वेलिव्रिज सञ्चालनमा आएपछि भने गाईघाट–पञ्चमीबजार सिधा यातायात सञ्चालन हुनेछ ।
२०७५ मंसिर २३ गते बिहान ७ : ३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology