समायोजन खबर खोटाङ,
खोटाङमा एक घर जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी स्थानीय भौलासरी राईको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
शनिबार दिउँसो अचानक चुल्होेबाट उठेको आगोले राईको घर पूर्ण रुपमा जल्दा ३ लाख बरावरको क्षति भएको बताईएको छ । राईको घरमा लागेको आगो नियन्त्रणमा लिन नसकेपछि प्रहरी र स्थानीयवासीको सहायतामा नजिकका अन्य घरहरुलाई जोगाउँन सफल भएकोे वडाध्यक्ष हर्क खत्रीले जानकारी दिए । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–भोजपुर सडक खण्डमा काम गरिरहेको पानी ट्याङकर ल्याएर अन्य घर आगलागी हुनबाट बचाईएको खत्रीको भनाई छ ।
आगलागी पीडितलाई नगरपालिकाले तीस हजार, वडा कार्यालयले दश हजार र वडा नम्बर –२ का स्थानीयले निर्माण गरेको विपत व्यवस्थापन कोष मार्फत पाँच हजार राहत प्रदान गरेको छ ।
२०७५ मंसिर २२ गते साँझ ७ :३५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology