• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

धितुङमा बल्यो विजुली १ सय २ घरमा उज्यालो

धितुङमा बल्यो विजुली १ सय २ घरमा उज्यालो


समायोजन खबर
  • शनिबार, मंसिर २२ २०७५

  • समायोजन खबर खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १०२ घरमा उज्यालो भएको छ । हलेसी तुवाचुङ नगरपालिका र विद्युत प्राधिकरण दिक्तेल वितरणको संयूक्त लगानीमा विजुली बलेपछि उज्यालो भएको हो ।

     

    गत असोजदेखि विद्युत बिस्तारको काम थालिएको धितुङमा काम सम्पन्न भएपछि शुक्रबारबाट विजुली वलेको छ । हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले उद्घाटन गरेको विजुलीले साविकका वडाहरु ७,३ र ६ मा उज्यालो छाएको धितुङका वडा सदस्य खेमराज कार्कीले जानकारी दिए । साविक वडा नम्वर ४, ५ र ८ मा विद्युत बिस्तारको कार्य भईरहेको छ भने, साविकको वडा नम्वर १, ९, ६ र २ मा यस अघि नै विजुली बलिसकेको छ । विजुली बल्न बाँकी रहेका वडाहरुमा यस आर्थिक वर्षभीत्रै विजुली बत्ती बालिने नगरप्रमुख राईले बताए ।
    २०७५ मंसिर २२ गते साँझ ७ :२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology