• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सम्झौता अवधिमै योजना सम्पन्न गर्न आग्रह

सम्झौता अवधिमै योजना सम्पन्न गर्न आग्रह


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर २० २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपभोक्ता समितिहरुलाई सम्झौता अवधिमै योजनाहरु सम्पन्न गर्न आग्रह गरिएको छ । गएको वर्षमा विभिन्न निर्माण उपभोक्ता समितिहरुले सम्झौता अवधिमा समेत योजना सम्पन्न नगरेका तथा जानेर/नजानेर उनीहरु घाटामा गएका हुनाले यसवर्षबाट बेलैमा योजना सम्पन्न गर्न भनिएको हो ।

     

    बिहीबार गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय उपभोक्ता समितिहरुको एकदिने अभिमुखीकरण कार्यशाला गोष्टीमा सहभागी १ सय ४ वटा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई सम्झौता मितिमा नै योजना समापन गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ । अभिमुखीकरण कार्यशाला गोष्टीमा निर्माण उपभोक्ता समिति गठन प्रक्रिया, सम्झौता प्रक्रियामा चाहिने कागजात, पेश्की माग, प्राविधिक स्टीमेट, रनिङ बिल, योजनाको भुक्तानी, योजना फरफारक(भ्याट बिल, जनश्रमदान, होर्डिङ बोर्ड राख्ने कुरा)का बारेमा जानकारी गराइएको थियो ।

     

    अभिमुखीकरण कार्यशाला गोष्टीमा सहभागी समितिका पदाधिकारीहरुलाई गाउँपालिका प्रमुख भुपेन्द्र राई,उपप्रमुख सपना राई, प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद दाहाल, योजना शाखा प्रमुख शम्भु आचार्य, सव–ओभरसियर सुजन घिमिरेले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका स्तरीय उपभोक्ता समितिहरुको एकदिने अभिमुखीकरण कार्यशाला गोष्टीले उपभोक्ता समितिहरुले कसरी काम गर्दा दुःख नपाईने र सम्झौता अवधिमा योजना सम्पन्न गर्न महत्वपुर्ण भूमिका खेल्ने गाउँपालिका प्रमुख राईले बताए । आठ गाउँपालिकामध्ये विकासमा सवैभन्दा अगाडी रहेको गाउँपालिकाको बाँकी गौरवका २८ वटा आयोजनाका पदाधिकारीलाई भने पुस १५ सम्म अभिमुखीकरण कार्यशाला गोष्टी गराइने गाउँपालिकाले जनाएको छ ।
    माथि तस्विरमा : उपभोक्ता समितिहरुको एकदिने अभिमुखीकरण कार्यशाला गोष्टीको सहजीकरण गर्नुहुंदै गाउँपालिका प्रमुख भुपेन्द्र राई, तस्विर समायोजन खबर, २०७५ मंसिर २० गते राती ८:३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology