• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाँसको टेकाको भरमा विमानस्थल

बाँसको टेकाको भरमा विमानस्थल


चिसाङ शेर्पा
  • बिहिबार, मंसिर २० २०७५

  • पहिरोले तानेको मनमायाँ राई खानीडाँडा विमानस्थल । तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ,
    खोटाङको सदरमुकाम नजिक रहेको मनमाया राई खानीडाँडा विमानस्थललाई बाँसको टेकोले थेगाएर राखिएको छ । वर्षायाममा पहिरोले चारैतिरबाट विमानस्थललाई तानेपछि ठेकेदार कम्पनीले काम तत्काल काम गर्नुको सट्टामा बाँसको टेकोले विमानस्थल थेगाएर राखेको छ ।
    जिल्लाबासीको गौरवको विमानस्थल पछिल्लो समय नेपाल नागरिक उड्ययान प्राधिकरण र मनमाया राई खानीडाँडा विमानस्थल निर्माण उपभोक्ता समितिको हेलचेक्राइका कारण विमानस्थल जीर्ण बन्दा बाँसको टेकोले थेगाइएको हो ।

     

    गएको जेठ १ गतेको भारी वर्षाका कारण रनवेमूनी रहेको कल्भट थुनिएपछि विमानस्थलको डिलको माटो कटान सुरु भए पनि यसको स्थायी रोकथामका लागि हालसम्म कसैको ध्यान गएको छैन् । वर्षायाममा विमानस्थलमा पस्ने भलबाढीलाई व्यवस्थापन नगरिदा चारैतिरबाट भल पसेर विमानस्थल पहिरोको रुपमा परिणत भएको छ । नागरिक उडय्यान प्राधिकरण अन्तरगतको सम्पत्ती भएकाले प्राधिकरणले यस विमानस्थलाई चासोमा नराख्नुले समस्या भएको जिल्लावासीको गुनासो छ ।


    विमानस्थल चिराचिरा हुंदासम्म प्राधिकरणले हालसम्म चासो नदेखाउदा बेकम्मा बन्न पुगेको हो । माटो कटान हुंदा जोखिममा परेको विमानस्थल मर्मतका लागि बजेट विनीयोजन नभएको पनि होईन तर, प्राधिकरणले चासो नदेखाउदा हालसम्म कामले तीव्रता पाएको छैन् । भलबाढी पसेर कल्भट थुनिएपछि धुजाधुजा भएको विमानस्थल मर्मतका लागि प्राधिकरणले गत आर्थिक वर्षमा ५ करोड ३९ लाख ४२ हजार रुपैयाँ बजेटको व्यवस्थापन गरेसंगै कान्छाराम कन्र्टक्सन ठेकेदार कम्पनीले काम जिम्मा लिएको थियो । कल्भर्ट आरसिसि, टावर वरीपरि टायल ओछ्याउँने, खोलामा ग्याभीन भर्ने, मेसेनरी वाल निर्माण, ढल पसेर बिगारेको धावनमार्गको सेन्टर लाईनदेखी उँधो कालोपत्रे गर्ने गरि जिम्मा लिएको ठेकेदार कम्पनीको कामको प्रगति भने सुन्य छ । ठेकेदार कम्पनीसँग वेला–वेला प्राधिकरण र उपभोक्ता समितिले कामको प्रगतिको जानकारी नलिदा ठेकेदार कम्पनीले कामलाई सुस्त बनाएको पाईएको छ । २०७५ साल भाद्र १ गते विमानस्थल मर्मत गर्ने गरि जिम्मा लिएको ठेकेदार कम्पनीले २०७६ साल मंसिर १४ गतेभीत्रमा काम पूरा गर्नुपर्ने हुन्छ तर हालसम्म कामको प्रगति देखिदैन । ५९० मीटर लम्बाई र २० मीटर चौडाई कालोपत्रे भएको विमानस्थलको भित्रबाट बनाईएको पूरानो कल्भट हाल ५६ मिटर नयाँ निर्माण र ५० मिटर पुरानो मर्मत गर्नुपर्नेछ भने, विमानस्थलको विच भागबाट झण्डै १ सय मिटर झरेको पहिरोमा वाल लगाउनुपर्ने अवस्था छ ।


    विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा घिमिरेले प्रशस्त जग्गा हुंदाहुंदै ईन्जिनियरको गलत स्टीमेट र प्राविधिक त्रृटिका कारण विमानस्थल बनाईदा बारम्बार पहिरोले तान्ने र बर्षेनी लाखौ खर्च हुने गरेको बताएका छन् । उनले अवका दिनमा ठेकेदार कम्पनीलाई निर्माणको कामलाई गति बढाउन लगाईएको बताए । विमानस्थल मर्मतको कामका लागि हाल ३१ जना कामदारले काम गरिरहेको कान्छाराम कन्र्टक्सन ठेकेदार कम्पनीका साईड ईन्चार्ज नीर कुमार श्रेष्ठले बताए ।

     

    स्थानीयको १५ करोड बढी श्रमदान तथा नेपाल नागरिक उड्यान प्राधिकरणको ७ करोड २४ हजार लागतमा निर्माण सम्पन्न भएको विमानस्थल लामो समयदेखि बन्द रहेको छ । स्थानीयले निशुल्क उपलब्ध गराएको जग्गामा २०६० बैशाख २० गतेबाट निर्माण शुरु गरिएको विमानस्थलमा २०६२ सालमा नेपाल एयरलाइन्सले परीक्षण उडान भरेको थियो । यस विमानस्थलसँगै लामिडाँडा र थामखर्क विमानस्थलमा उडान अवतरण ठप्प छ । लामिडाँडा र थामखर्क विमानस्थलमा कालोपत्रेको काम भईरहेको छ ।

    कामको प्रगति बुझ्न अनुगमन


    मनमाया राई खानीडाँडा विमानस्थलमा कामको प्रगति बुझ्न बुधबार अनुगमन गरिएको छ । विमानस्थल अनुगमन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद घिमिरेको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमन समितिका सदस्य रहेका जिल्ला समन्वय समिति अधिकारी लगायतले विमानस्थलमा कामको गुण्स्तर, प्रगति र समस्याका विषयमा अनुगमन गरेका हुन् । अनुगमन पश्चात विमानस्थल मर्मतको कार्यमा सुस्तता पाईएपछि प्रमुख जिल्ला अधिकारी पौडेलले कामलाई तिव्रता दिन ठेकेदार कम्पनीलाई निर्देशन गरेका छन् ।
    माथी तस्विरमा :विमानस्थलमा कामको प्रगति बुझ्न बुधबार अनुगमनमा गएका टोली, तस्विर समायोजन २०७५ मंसिर २० गते दिउँसो १ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology