चिसाङ शेर्पा खोटाङ,
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ बाट रावाबेंशी गाउँपालिकाको दशवटा विद्धालयलाई ४२ लाख बजेट बिनियोजन भएको छ । विद्धालयको माग आवश्यकता र अनुगमनपछि बजेट बिनियोजन भएको हो । मंगलबारबाट कुभिण्डेमा सुरु भएको ग्रामिण दन्त शिविरमा गराईएको जानकारी अनुसार ई लाईब्रेरी, कम्प्युटर खरीद, ईन्टरनेट व्यवस्थापन, छात्रा शौचालय लगायत व्यवस्थापन गर्नका लागि लामिडाँडाको गुप्तेश्वर आधारभूत विद्धालयलाई तीन लाख, भाषा आधारभूत पाठशाला खार्पालाई तीन लाख, रत्नराज्य मावि कुभिण्डेलाई पाँच लाख, धारापानी मावि डुम्रेधारापानीलाई पाँच लाख कालिका आधारभूत विद्धालयलाई तीन लाख, गंगोदय मावि दुवेकोललाई पाँच लाख, शारदा मावि हौंचुरलाई पाँच लाख, देउराली मावि डुम्रेधारापानीलाई पाँच लाख, सोही माविलाई विज्ञान सामग्री खरीदमा पाँच लाख र कालिका आधारभूत विद्धालयलाई तीन लाख बजेट बिनियोज भएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले जानकारी दिए ।
यस्तै, रावाखोला तटबन्धका लागि १ करोड २५ लाख, डुम्रेधारापानीमा खानेपानी योजनाका लागि ९५ लाख र विजुले–दुवेकोल–ऐसेलुखर्क ग्रामिण सडकको स्तरोन्नती तथा कालोपत्रेका लागि १ करोड ३५ लाख बजेट बिनियोजन भईसकेको उनले जनाए । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको जन्मस्थान हौचुर भएको र शारदा मावि हौंचुरमा पढ्नुभएकाले गाउँपालिका भरीका विद्धालयका लागि बजेट बिनियोजनमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको हो । गाउँपालिका प्रमुख निरौलाले भने, ‘हामीले मिलेर गाउँपालिका बनाउने अभियान अन्तरगत बजेटको व्यवस्था गरेका हौ ।’ दन्त शिविरमा बोल्दै मन्त्री घिमिरेले शारदा मावि हौचुरलाई विद्धालय व्यवस्थापनका लागि २५ लाख र हौचुरको भैसेमा निर्माण गरिने खेलमैदानका लागि १० लाख बजेटको व्यवस्था गरिदिने घोषणा गरेका छन् ।
२०७५ मंसिर १९ गते दिउँसो ४ : ४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology