चिसाङ शेर्पा खोटाङ,
सिमाला लुटेर लुकीछिपी बस्दै आएका एकजना जेल चलान भएका छन् । २०७१ साल असोजमा सुनसरी जिल्लास्थित धरानमा बहुमुल्य सिमाला लुटेर लुकीछिपी बस्दै आएका केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका २८ वर्षीय राकेश राई बुधबार जेल चलान भएका हुन् ।
‘किन्ने मान्छे तयार छ ।’ मालामाल हुने आशा देखाएर संखुवासभाका एक व्यक्तिलाई बहुमुल्य सीमाला धरानमा ल्याउँन लगाएर उनीसहित पाँचजना युवामध्ये लुट्नमा संलग्न राईलाई पक्राउगरि सजाय भुक्तानका लागि जेल चलान गरिएकोे जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले जानकारी दिए । सिमाला लुटेका राईलाई जिल्ला अदालत सुनसरीले २०७२ साल असार १५ गते ६ वर्ष कैद, ९ लाख रुपैंयाँ जरिवानाको सजाए सुनाएको थियो । सजाए सुनाएपछि लुकीछिपी बस्दै आएका राईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा पेश गरेको र पेश गर्नासाथ उनलाई कैद भुक्तानका लागि जेल चलान गरिएको हो ।
शालिग्रामजस्तै हो यो । यसको प्रयोग र यसले दिने फलचाहिँ रुद्राक्षकै जस्तो हुन्छ । रुद्राक्षको मुख भएजस्तै यसको चाहिँ आँखा हुन्छ भन्ने विश्वास छ । ९/११ आँखे सिमाला मूल्यवान् भएको र यसले प्राकृतिक प्रकोप, अल्पायु, दुर्घटना आदिबाट बचाउँछ भन्ने विश्वास छ । जबकि यो वनस्पति कि जीव के हो भन्ने मात्रै होइन, यसको अस्तित्वसमेतको वैज्ञानिक प्रमाण छैन ।विकिपिडियाको सहयोगमा
२०७५ मंसिर १९ गते दिउँसो ४ : ०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology