चिसाङ शेर्पा खोटाङ,
विधुत प्राधिकरणले बक्यौता महशुल नबुझाउने ग्राहकको लाईन काट्न सुरु गरेको छ । पटक-पटक बक्यौता महशुल बुझाउन ताकेता गर्दा समेत नबुझाउने अटेरी ग्राहकको लाईन काट्न थालिएको हो । विभिन्न स्थानीय सञ्चार माध्यममा सूचना प्रकाशन/प्रशारण गर्दा समेत बक्यौता महशुल नबुझाउने ग्राहकको धमाधम लाईन काट्दै बक्यौता बुझाउनलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।
गत मंसिर १६ गतेबाट अटेरी ग्राहकको लाईन काट्न थालेको प्राधिकरणले यतिबेला अभियानै चलाएर लाईन काटीरहेको छ । सुरु दिनमा मात्रै प्राधिकरणले दिक्तेलबजारका ३२ ग्राहकको लाईन काटीसकेको छ । बक्यौता नतिर्नेमा व्यक्तिगत र औधोगिक बर्गका ग्राहक बढी छन् ।
संबेदनशील संस्थाहरुलाई भने प्राधिकरणले पत्र काटेर बक्यौता बुझाउन अनुरोध गरेको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलका प्रमुख राम दिनेश यादवले बताए । हालसम्म प्राधिकरणले २ लाख ६५ हजार ८३७ रुपैयाँ बाँकी बक्यौता उठाएको छ । लामो समयदेखी उठाउन नसकिएको बक्यौता मध्ये गएको कार्तिकसम्मको मात्रै १ करोड ४ लाख ४७ हजार ६७९ रुपैयाँ उठाउन बाँकी रहेको यादवले बताए ।
बक्यौता उठाउनेसँगै प्राधिकरणले ट्रान्सफर्मरको लोड मिलाउने र मिटर रि,सिलिङको काम गरिरहेको छ । ६ सय ६२ ग्राहकको मिटर प्राधिकरणले रि,सिलिङ गरिसकेको छ । २०५७ जेठ २ गते तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उद्घाटन गरेको विधुत हालसम्म जिल्लाको साविक ४४ गाविसमा विस्तार भई सञ्चालनमा आइरहेको छ । १२ हजार ३ सय २४ जना यसका ग्राहक छन् ।
२०७५ मंसिर १९ गते अपरान्ह ३ :११ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology